तुलसीपुर १२ मा खुसीराम विजयी

तुलसीपुर । तुलसीपुर उपमहानगरपालिका वडा नं.१२ को वडाध्यक्षमा गठबन्धनका तर्फबाट माओवादी केन्द्रका खुसीराम चौधरी विजयी भएका छन् । मंगलबार सार्वजनिक अन्तिम मतपरिणाम अनुसार खुसीराम चौधरीले एमालेका मानबहादुर खत्रीलाई २१० मतले पछि पार्दै विजयी भएका हुन् ।
चौधरीले २००४ मत ल्याएका थिए, भने खत्रीले १७९४ मत ल्याएका थिए । त्यस्तै सदस्यहरुमा महिला सदस्य कमला घर्ती मगर, विमला विश्वकर्मा, धनराज गौतम र शेषमणी भण्डारी विजयी भएका छन् । वडा नं.१२ मा प्यानल नै विजयी भएको हो ।
प्रकाशित मिति : २०७९ जेष्ठ १० गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस