तुलसीपुर मेयरमा एमालेका खड्काको अग्रता कायमै

दाङ । तुलसीपुर उपमहानगरपालिकामा ३५ हजार १ सय ७५ मत गन्दा एमालेका टिकाराम खड्काको अग्रता कायम छ । उनले १५ हजार ४ सय ५ मत प्राप्त गर्दा कांग्रेसका गेहेन्द्र गिरीले १४ हजार ५ सय ९४ मत प्राप्त गरेका छन । खड्का गिरी भन्दा ८ सय ११ मतले अगाडि छन् ।

यस्तै उपमेयरमा एमालेकी स्यानी चौधरीकाो अग्रता कायम छ । उनले १४ हजार ६ सय १५ मत प्राप्त गर्दा एकिकृत समाजवादीका जोगबहादुर रानाले १० हजार ८ सय ९२ मत प्राप्त गरेका छन । उनीहरुबिच ३ हजार ७ सय २३ मतान्तर छ । अहिले वडा नं १०,११ र १२ को मतगणना जारी छ । तुलसीपुरमा कुल ७४ हजार ३ सय ३६ मत खसेको थियो ।

प्रकाशित मिति : २०७९ जेष्ठ ८ गते आइतवार
प्रतिक्रिया दिनुहोस