तुलसीपुर ४ को अध्यक्ष गठबन्धनका थापा विजयी

दाङ । तुलसीपुर उपमहानगरपालिका वडा नं. ४ को अध्यक्षमा गठबन्धनका तर्फबाट उम्मेदवार तुलसी थापा विजयी भएका छन् । माओवादी केन्द्रका थापाले १७८९ मत प्राप्त गरेका छन्, भने उनका निकटतम प्रतिस्पर्धी एमालेका बालकृष्ण राणाले १५४८ मत प्राप्त गरेका छन् । उनीहरुबीचको मतान्तर २४१ रहेको छ । राणा यस अघिको निर्वाचनमा वडाध्यक्ष निर्वाचित भएर कार्यकाल पूरा गरेका ब्यक्ती हुन् । वडा नं. ४ मा गठबन्धको प्यानल नै विजयी भएको छ ।

प्रकाशित मिति : २०७९ जेष्ठ ५ गते बिहिवार
प्रतिक्रिया दिनुहोस