दाङमा ११ मतदानस्थल अति संवेदनशील

दाङ । दाङमा ११ मतदानस्थल अति संवेदनशीलको सुचीमा राखिएको छ । जिल्ला सुरक्षा समितिले संवेदनशीलताको आधारमा जिल्लाका १५३ मतदानस्थलमध्ये ११ मतदान स्थल अति संवेदनशीलको सूचीमा राखेको हो ।

१३१ मतदान स्थललाई संवेदनशील र ११ वटा मतदानस्थललाई सामान्य सूचीमा राखिएको छ । भौगोलिक अवस्था, सडक सञ्जालको पहुँच, सुरक्षा निकायको संस्थागत उपस्थितिलगायतलाई आधार मानेर मतदानस्थलको वर्गीकरण गरिएको हो ।

सोहीअनुसार सुरक्षाको प्रबन्ध मिलाइएको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख एसपी सुरेश काफ्लेले जानकारी दिए  । सुरक्षा निकायको तर्फबाट जिल्लाका दश स्थानीय तह अन्तर्गत रहेका मतदान स्थलको स्थलगत अनुमगमन समेत गरिएको थियो ।

सोही अनुगमनको आधारमा सुरक्षा संवेदनशीलतालाई आधार मानेर मतदानस्थलको वर्गीकरण गरिएको हो । यसपालि पनि पहिलो घेरामा नेपाल प्रहरी, दोस्रो घेरामा सशस्त्र प्रहरी बल र तेस्रो घेरामा नेपाली सेनाले सुरक्षा दिनेछन् ।

प्रकाशित मिति : २०७९ बैशाख १७ गते शनिवार
प्रतिक्रिया दिनुहोस