उम्मेदवारको नामावली आज प्रकाशन गरिने

दाङ । स्थानीय तह निर्वाचनका लागि मनोनयन भएका उम्मेदवारको नामावली आज प्रकाशन गरिने भएको छ । ११ र १२ वैशाखमा दर्ता भएका मनोनयन विरुद्ध परेको उजुरीमा निर्वाचन आयोगले जाँचबुझ गरिरहेकामा आज साँझ ६ बजे नामावली प्रकाशन गर्ने भएको हो ।

विगतका निर्वाचनमा समानुपातिक तर्फको बन्दसूचीमा नाम रहेका १५ जना व्यक्तिको उम्मेदवारी खारेज भएको आयोगले जनाएको छ । भोली साँझसम्म उम्मेदवारले मनोनयन फिर्ता लिन सक्नेछन् भने उम्मेदवारको अन्तिम नामावली पनि भोली नै प्रकाशन हुनेछ ।

निर्वाचन आयोगका अनुसार १७ गते उम्मेदवारहरूलाई निर्वाचन चिह्न प्रदान गरिने छ । ७५३ स्थानीय तहमा ३५ हजार २ सय २१ पदका लागि साढे १ लाख ५२ हजार ४६५ जनाले उम्मेदवारी दिएका छन् ।

प्रकाशित मिति : २०७९ बैशाख १५ गते बिहिवार
प्रतिक्रिया दिनुहोस