म्यादी प्रहरीको आवेदन लुम्बिनी प्रदेशमा सबैभन्दा बढी

दाङ । आगामी ३० वैशाख गते हुन लागेको स्थानीय तहको निर्वाचनका लागि म्यादी प्रहरी बन्न २ लाख ९३ हजार २ सय १६ जनाले आवेदन दिएका छन् । ७७ वटै जिल्ला प्रहरी कार्यालयमार्फत दर्खास्त मागिएका भन्दा दोब्बर बढीले आवेदन दिएका हुन् ।
प्रहरी प्रधान कार्यालय, नक्सालले एक लाख म्यादी प्रहरीका लागि यहि चैत ६ देखि ११ गतेसम्म दर्खास्त दिन आह्वान गरेको थियो । यो अवधिमा झण्डै तीन लाख जनाले आवेदन दिएको केन्द्रीय प्रहरी प्रवक्ता विष्णुकुमार केसीले बताए ।
उनका अनुसार सबैभन्दा धेरै आवेदन मधेश प्रदेशमा परेको छ । मधेश प्रदेशमा ६८ हजार ६ जनाको आवेदन दिएका छन् । मधेशपछि लुम्बिनी प्रदेशमा ५६ हजार ५६० जनाको आवेदन परेको प्रहरी वरिष्ठ उपरीक्षक केसीको भनाई छ ।
प्रकाशित मिति : २०७८ चैत्र १४ गते सोमवार
प्रतिक्रिया दिनुहोस