दाङमा ४ लाख बढि मतदाता
दाङ । दाङमा ४ लाख बढि मतदाताहरू रहेका छन् । प्रदेश निर्वाचन कार्यालय लुम्बिनी प्रदेश दाङका अनुसार जिल्लामा ४ लाख ९ हजार ९०० मतदाता रहेका छन् । २०७९ बैशाख ३० गतेसम्म १८ वर्ष पुरा भएको मतदाताहरूको अन्तिम मतदाता नामावली प्रकाशन गर्दै कार्यालयले जानकारी दिएको हो । कार्यालयका अनुसार जिल्लामा सबै भन्दा बढि महिला मतदाताहरू रहेका छन् । जसमा २ लाख ९ हजार ९९ जना महिला र २ लाख ७ हजार ९९ जना पुरुष रहेको छन् । त्यस्तै जिल्लामा २ जना तेस्रोलिङ्गी पनि मतदाता रहेका छन् ।
जिल्लाका १० स्थानीय तह मध्य सबै भन्दा घोराही उपमहानगरपालिकामा मतदाता बढि रहेको कार्यालयका प्रमुख नारायण प्रसाद भण्डारीले बताए । उनका अनुसार घोराहीमा ५८ हजार ७०६ जना महिला र ५४ हजार २१२ जना पुरुष गरी १ लाख १२ हजार ९२७ मतदाता रहेको छन् । त्यस्तै सबैभन्दा कमी राजपुर गाउँपालिकामा रहेका छन् । जसमा ८ हजार ४०७ जना पुरुष र ७ हजार ३१६ महिला गरी १५ हजार ७२३ जना मतदाताहरू रहेका छन् । त्यस्तै बबई गाउँपालिकामा १० हजार ९६२ जना पुरुष, ११ हजार १८२ जना महिला गरी २२ हजार १४४ जना मतदाता रहेको निर्वाचन कार्यालयले जनाएको छ ।
यसैगरी राप्ती गाउँपालिकामा १५ हजार ६२ जना पुरुष, १६ हजार ४६१ जना महिला गरी ३२ हजार ३२३ जना मतदाता रहेका छन् । त्यस्तै लमही नगरपालिकामा १७ हजार ५३ जना पुरुष र १७ हजार ३२९ जना महिला गरी ३४ हजार ३८२ मतदाता रहेका छन् । त्यस्तै शान्तिनगर गाउँपालिकामा १० हजार २१३ जना पुरुष र १० हजार ६५० जना महिला गरी २० हजार ८६३ मतदाता रहेका छन्, जसमा २ हजार ६८९ मतदाता नयाँ थपिएको निर्वाचन कार्यालयले जनाएको छ ।
त्यसैगरी गढवा गाउँपालिकामा १५ हजार १९० जना पुरुष र १४ हजार ६११ जना महिला गरी २९ हजार ८०२ जना मतदाता रहेका छन्, भने एक जना तेस्रोलिंगी पनि रहेका छन् ।
त्यस्तै तुलसीपुर उपमहानगरपालिकामा ५२ हजार १३३ जना पुरुष र ५ हजार ७०६ जना महिला गरी १ लाख ७ हजार ६७७ जना मतदाता रहेका छन्, भने तुलसीपुरमा पनि एक जना तेस्रो लिंगी मतदाता छन् । त्यस्तै बंगलाचुली गाउँपालिकामा ७ हजार ८५९ जना पुरुष र ८ हजार ९४ जना महिला गरी १५ हजार ९५३ जना मतदाता रहेका छन् । त्यस्तै दंगीशरण गाउँपालिकामा पनि ८ हजार ९९ जना पुरुष र ९ हजार २०७ जना गरी १ हजार १०६ जना मतदाता रहेका छन् । त्यस्तै राप्ती गाउँपालिकामा १५ हजार ८६२ जना पुरुष र १६ हजार ४६१ जना महिला गरी ३२ हजार ३२३ जना मतदाता रहेको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ ।
जिल्लामा २०७४ सालको निर्वाचनमा ३ लाख ३८ हजार ९५३ जना मतदाता रहेका थिए । निर्वाचन कार्यालयका अनुसार जिल्लामा १५३ वटा मतदान स्थल रहेकाछन्, भने ४६१ वटा मतदान केन्द्र रहेका छन् । जसमध्ये सबै भन्दा बढि मतदान स्थल घोराही उपमहानगरमा रहेका छन् । घोराहीमा ४०, गढवामा १०, तुलसीपुरमा ३३, दंगीशरणमा , बंगलाचुलीमा ११, बबईमा ११, राजपुरमा ,राप्तीमा १०, लमहीमा १३ र शान्तिनगरमा ९ वटा मतदान स्थल रहेका छन् । त्यस्तै मतदान केन्द्र पनि घोराहीमा धेरै रहेका छन् । घोराहीमा, १२६, गढवामा ३३, तुलसीपुरमा ११९,दंगीशरणमा २१, बंगलाचुलीमा १८, बबईमा २६, राजपुरमा १८, राप्तीमा ३५, लमहीमा ४० र शान्तिनगरमा २५ केन्द्र रहेका छन् ।