छरछरे खानेपानी तथा सरसफाई समितिको साधारणसभा

दाङ । छरछरे खानेपानी तथा सरसफाई उपभोक्ता समिति तुलसीपुर उपमहानगरपालिका वडा नं. १७ को सातौँ साधारणसभा तथा अधिवेशन सम्पन्न भएको छ । उक्त साधारण सभामा प्रमुख अतिथि जिल्ला खानेपानी तथा सरसफाई डिभिजन कार्यालय दाङका प्रमुख भोला थापाले खानेपानी सबैको अधिकार भएकाले यसको पहुँचबाट कसैलाई बन्चित हुन नदिनका लागी खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय दाङले सक्दो सहयोग गरेको र गर्दै जाने कुरा ब्यक्त गरे ।

उक्त साधारण सभामा बिशिष्ठ अतिथि तुलसीपुर उपमहानगरपालिका वडा नं. १७ का वडा अध्यक्ष थलराज पुरीले छरछरे खानेपानी तथा सरसफाई समितिको आगामी चयन हुने नेतृत्व बलियो होस् भन्दै साधारण सभा भब्य रुपले सफल होस् भनि शुभकामना ब्यक्त गरेका थिए । कार्यक्रममा तुलसीपुर १८ का वडा अध्यक्ष माधव वलीले छरछरे खानेपानी तथा सरसफाई समितिले घर घरमा खानेपानीको पहुँच पु¥याउनका राम्रो कामहरु गर्दै आईरहेको र त्यसका लागि वडाले सल्लाह सुझाव साथै सक्दो सहयोग गर्दै आईरहेको बताउँदै अब आउने कार्यसमिति बलियो र भएका चुनौतीहरु सामना गर्दै संस्थालाई अझै माथी उठाउने खालको आओस् भन्दै साधारण सभाको सफलताको शुभकामना ब्यक्त गरेका थिए । साधारण सभामा जिल्ला खेलकुद बिकास समितिका राकेश परियार, देबिपुर टोलका अध्यक्ष पुर्ण बहादुर डाँगी, एकिकृत नमुना टोलक सचिव कपिल लामिछाने, पिपल चौतारा टोलका अध्यक्ष पबित्रा रोकालगायकाले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए ।

साधारण सभामा संस्थाका सचिव आशाराम नेपालीले आय ब्यय सहितको प्रगति प्रतिवेदन पेश गर्दै खानेपानीलाई यहाँसम्म ल्याउनका लागि सहयोग गर्ने सम्पुर्ण पदाधिकारीहरु वडा नं. १७ र वडा नं. १८ को कार्यालय, स्थानीय बुद्धिजिवि लगायत सम्पुर्णलाई धन्यवाद ब्यक्त गरेका थिए ।

साधारण सभामा सस्थाका कोषाध्यक्ष जेनि भण्डारीले संस्थाको आर्थिक प्रतिवेदन पेश गर्दै संस्थालाई कोरोना भाइरसका कारण सोचेका कतिपय कामहरु गर्न नसकेको भएपनि समितिले उल्लेखनीय कामहरु गरेको बताइन् । संस्थाको आ.ब. २०७७÷०७८ को आय २३ लाख ६० हजार र खर्च २३ लाख ६० हजार भएको प्राप्ति तथा भुक्तानी बिवरणमा उल्लेख गरिएको छ । साथै गत बर्षको जम्मा रकम ४७ लाख ४१ हजार ५९ रुपैयाँ भएकोमा यस बर्षको बिभिन्न शिर्षकमा जम्मा रकम ४९ लाख १५ हजार १ सय ५ रुपैयाँ वासतालमा उल्लेख गरिएको छ । साथै यस बर्षको पुँजिगत कोष तर्फ २ लाख ५४ हजार ४ सय ६४ रुपैँया समितिमा बचत रहेको छ ।

साधारण सभामा संस्थालाई सहयोग गर्नुहुने क्वारी बस्नेत, कर्ण सिं नेपाली लगायतकालाई सम्मान साथै उपभोक्ताहरुको मनोरञ्जनका लागी नृत्य समेत प्रस्तुत गरिएको थियो । समितिको बन्दसत्रमा नयाँ कार्यसमितिका बिषयमा छलफल भएको र निर्वाचन मण्डललाई त्यसको जिम्मा दिईएको छ । सहमतिमा नयाँ कार्यसमिति चयन गर्न छलफल भईरहेको र आज सहमति जुट्न नसके पुनः भोली छलफल गरि कार्यसमितिको टुङ्गो लगाईने भएको छ ।

प्रकाशित मिति : २०७८ चैत्र १२ गते शनिवार
प्रतिक्रिया दिनुहोस