सैद्धान्तिकसँगै व्यवहारिक शिक्षामा जोड ः गुरुकुल एक्याडमि

स्थापनाकालदेखी नै संख्यात्मक भन्दा शैक्षिक गुणस्तरियतालाई प्रथामिकता दिदै आएको गुरुकुल एकेडेमीले आगामी शैक्षिक शत्रमा कक्षा एकका लागी २४ सिटमा र ११ का लागी विज्ञान र व्यवस्थापन संकालयमा दुई सिफ्टमा गरेर ८०÷८० जना नयाँ विद्यार्थि भर्ना लिईने बिद्यालयका साहायक प्रधानाध्यापक गिरीले जानकारी दिनुभयो । यसका साथै कक्षा २ देखी ९ सम्मका अन्य विद्यालयका उत्कृष्ठ २÷२ जना विद्यार्थिलाई मात्र भर्ना लिईने बिद्यालयले बताएको छ । घोराही १५ रतनपुरबाट सञ्चालनमा आएको गुरुकुल एकेडेमीले आज पत्रकार सम्मेलन गरेर आगामी शैक्षिक शत्रका लागी नयाँ विद्यार्थि भर्ना कार्यक्रमका बारेमा जानकारी गराएको छ ।


एकेडेमीका साहायक प्रधानाध्यापक मुकुन्द गिरीको अध्यक्षता तथा पत्रकार महासंघ दाङ शाखाका अध्यक्ष दुर्गालाल केसीको प्रमुख आतिथ्यतामा पत्रकार सम्मेलन गरिएको हो । २०७२ सालमा स्थापना भएको उक्त बिद्यालय दाङ जिल्लाकै कान्छो बिद्यालयको रुपमा परीचित भएको बिद्यालयको भनाई छ । छोटो समयमा जिल्ला निकैनै राम्रो शिक्षा तथा अन्य अतिरीक्त क्रियाकलापमा पनि अगाडि रहेको छ । गत बर्षदेखि बिज्ञान तथा ब्यबस्थापन संकायमा प्लस टु संचालन गरेको बिद्यालय बिद्यार्थिको रोजाइमा पर्ने गरेको छ ।


जसले गर्दा उक्त बिद्यालयले आइएसव ,लगाएतका अन्तराष्ट्रिय अवार्ड पनि प्राप्त गरेको छ । उक्त बिद्यालयको कार्याक्रममा नेपाल पत्रकार महासंघ दाङ शाखाका अध्यक्ष दुर्गालाल केसिले गुरुकुल एकेडेमीले विद्यार्थिलाई आज्ञाकारी र अनुशासीतसङ्गै जिम्मेवार बनाउने कुरामा जोड दिएको पाईएको बताउनु भयो । शिक्षा र शिक्षण सिकाईसंगै व्यवहारिक शिक्षा प्रदान गर्दै आएको बताउनु भयो ।

साथै एकेडेमीले आगामी शैक्षिक शत्रका लागी भर्ना फारम चैत १५ गतेदेखी खुल्ला गर्ने तथा प्रवेश परीक्षा आगमी वर्षको वैशाक १० गते हुने पनि बताएको छ । बिद्यालयले जसरी अहिले सम्म सफलता हासिल गरेको छ अवका दिनमा पनि यसै गरी अगाडि बढन सकेमा मात्र बिद्यालयको शैक्षिक गुणष्तरको बिश्वास आम अभिभावकमा बढ्ने देखिन्छ ।एकेडेमीका प्लस टु संयोजक निमान्द गैरेको स्वागत मन्तव्यबाट सुरुभएको पत्रकार सम्मेलनको सहजिकरण शिक्षक बिबेक देवकोटाले गर्नुभएको थियो ।।

प्रकाशित मिति : २०७८ चैत्र ५ गते शनिवार
प्रतिक्रिया दिनुहोस