रेग्मी र परियार समाजवादीमा प्रवेश

दाङ । तुलसीपुर उपमहानगरपालिकाका दुई जना कार्यपालिका सदस्य नेकपा एकिकृत समाजवादी पार्टीमा प्रवेश गरेका छन् । समाजवादी पार्टी निकट युवा संघको आईतबार तुलसीपुरमा भएको भेलामा उनीहरु एमाले पार्टी परित्याग गरी समाजवादीमा प्रवेश गरेका छन् ।

नेकपा एमालेका संगठित सदस्यहरु जानका रेग्मी र डिला परियार समाजवादी पार्टी प्रवेश गरेका छन् । उनीहरु दुवै जना तुलसीपुर उपमहानगरपालिकाका कार्यपालिका सदस्य हुन् । यसअघि कार्यपालिका सदस्य दिपक कुमाल र चित्रा मल्ल समाजवादीमा समावेश भईसकेका छन् ।

नेकपा एमालेबाट कार्यपालिका सदस्य भएका उनीहरु चारै जना अहिले समाजवादी पार्टीमा समावेश भएका छन् । पार्टी प्रवेश गरेका नेताहरुलाई समाजवादीका केन्द्रिय सचिव भागवत विश्वासी, संघीय सांसद हिराचन्द्र केसीलगायतका नेताले टिका लगाएर स्वागत गरेका थिए । यसअघि एमालेबाट निर्वाचित तुलसीपुर १६ का वडा अध्यक्ष भुपबहादुर केसीले समाजवादी दल रोजेका थिए ।

प्रकाशित मिति : २०७८ पुष २५ गते आइतवार
प्रतिक्रिया दिनुहोस