बाल कल्याण माविमा ३१औं वार्षिक उत्सव

दाङ । घोराही उपमहानगरपालिका वडा नम्वर ११ मा रहेको बाल कल्याण माध्यमिक विद्यायलय खैरा दाङको ३१औ वार्षिक उत्सव आज सम्पन्न भएको छ । शिक्षक अभिभावक संघका अध्यक्ष दिपेन्द्र महराको अध्यक्षता तथा वडा नम्वर ११ का वडा अध्यक्ष कुलबहादुर लामिछानेको प्रमुख आतिथ्यतामा वार्षिक सम्मपन्न भएको हो ।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक गंगालाल ओलीले विद्यालयको वार्षिक प्रतिवेदन र आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । सोही अवसरमा विभिन्न शिक्षा प्रेमीद्वारा स्थापित पुरस्कारका साथै विद्यालयबाट समेत विभिन्न कार्यक्रममा उत्कृष्ट छात्र छात्राहरुलाई पुरस्कार वितराण गरिएको थियो ।
यसैगरी छात्र छात्राहरुबाट नृत्य तथा गीत प्रस्तुत गरिएको थियो । विद्यालयका शिक्षक रमिता खड्काको स्वागत मन्तवयबाट सुरु भएको कार्यक्रममा विद्यालयका पूर्व प्रधानाध्यापक पद्मप्रसाद शर्मा, निर्माण समितिका अध्यक्ष गुञ्जबहादुर डाँगी जनप्रतिनिधि चित्रबहादुर डाँगीलगायतले विद्यालयको उन्नतिको कामना गर्दै मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको सहजीकरण विद्यालयका सहायक प्रधानाध्यापक श्यामा रावतले गरिकी थिइन् ।