देश आर्थिक रुपमा ओरालो लागेको छ : महासचिव मैनाली

दाङ । नेकपा मालेका महासचिव सिपी मैनालीले २०७४ सालपछिको सरकारले देशमा गर्न सक्ने काम नगर्दा देश आर्थिक रुपमा ओरालो लागेको बताए । रिपोर्टर्स क्लब नेपाल दाङ शाखाले मंगलबार तुलसीपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता मैनालीले २०७४ पछि केपी ओलीको सरकार र अहिले देउवाको नेतृत्वमा आएको गठबन्धनको सरकारले देशमा गर्न सक्ने कामहरू नगर्दा गरिबी, महँगी र बेरोजगारी बढि रहेको बताए । अहिले देश आर्थिक रुपमा ओरालो लागि रहेको भन्दै उनले ३ वर्षमा ३ अरबभन्दा बढि ऋण लिनु परेको बताए ।

त्यस्तै उनले नेपालमा संविधान जारी भएपछि मालेको कतिपय कुरामा मतभिन्नता रहेको समेत बताए । आफूहरूको विरोधका बाबजुद ठूला दलहरूले बनाएको संविधान अहिले देशको निम्त अहितकर रहेको समेत उल्लेख गरे । उनले अहिलेको निर्वाचन प्रणाली लोकतन्त्रमा लुटतन्त्र भएको समेत दाबी गरे ।

त्यसैगरी उनले अमेरिकन सहयोग एमसीसी नेपाललाई द्धन्द्ध फसाउने खेल भएको बताए । एमसीसी जस्ता सयौँ विदेशी प्रोजेक्टहरु नेपालमा भइरहेको भन्दै अहिले सम्म कुनैपनि प्रोजेक्टहरु संसदबाट पास नभएको अवस्थामा नेपाललाई एमसीसी सम्झौताको मातहत राख्न प्रपञ्च रचिन लागेको दाबी गरे ।

प्रकाशित मिति : २०७८ पुष २० गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस