नव नियुक्त केन्द्रिय सदस्य सिद्धिकिलाई स्वागत तथा सम्मान


दाङ १७ मंसिर
नेकपा एमालेको दशौ महाधिवेशनबाट केन्द्रिय सदस्यमा मनोनित भएकि दाङकि नेतृ साजिदा सिद्धिकिलाई स्वागत तथा सम्मान गरीएको छ । नेपाल मुस्लिम इत्तेहाद संगठनको महिलाको प्रतिनिधित्व गदै सिद्धिकि नेकपा एमालेको केन्द्रिय सदस्यमा मनोनित भएर इतिहास कायम गरेको बताइन । सो अवसरमा एक कार्यक्रमको आयोजना गरी सिसा नेपालले नेतृ सिद्धिकिलाई टिका तथा खादा लगाएर स्वागत तथा सम्मान गरेको हो ।

नेतृ सिद्धिकि बिगत २० बर्षदेखि सामाजिक क्षेत्रमा काम गर्दै आएकि छिन भने बिभिन्न संघ संस्थामा पनि आबद्ध रहेर काम गरेको अनुभव बटुलेकि छिन । नेपाल मुस्लिम इत्तेहाद संगठनको प्रदेश सहसंयोजकको भुमिकामा रहेर काम गरेकि नेतृ सिद्धिकि अनेमसंघ दाङकि सचिव पनि हुन । नेकपा एमालेमा रहेर आफ्नो राजनितिक यात्रा सुरु गरेकि नेतृ सिद्धिकि सफल राजनितिज्ञको रुपमा पनि चिनिन्छिन । गत १० गते देखि चितवनमा भएको नेकपा एमालेको दशौ महाधिवेशन बाट नेतृ सिद्धिकि नेकपा एमालेको केन्द्रिय सदस्यमा निर्विरोध निर्वाचित भएकि हुन । नव निर्वाचित केन्द्रिय सदस्य सिद्धिकिलाई गृह जिल्ला दाङ फर्किय लगत्तै सिसा नेपाल दाङकि सचिव उषा सुबेदिको अध्यक्षतामा स्वागत तथा सम्मान गरीएको हो ।

कार्यक्रममा संस्थाकि सदस्य रेणु डिसि ,संस्थाका कानुनि सल्लाहाकार मौषम आचार्य लगाएत उपस्थित सबैले बधाई तथा शुभकामना दिएका थिए । एक कार्यक्रमको आयोजना गरी स्वागत तथा सम्मान गरेर आफुलाई अझै हौषला प्रदान गरेको प्रति संस्थालाई धन्यबाद दिदै आगामि दिनमा आफुलाई पार्टिले जस्तो सुकै जिम्मेवारी दिएपनि निस्वार्थ भावनाले पुरा गर्ने पनि बताएकि थिइन ।
