माधव नेपाल दाङ आउँदै

दाङ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजबादी) जिल्ला कार्यालय दाङको बैठक अध्यक्ष शुरामणी बेलबासेको अध्यक्षतामा, पार्टीका केन्द्रीय सचिव भागवत विश्वाशीको प्रमुख आतिथ्यतामा आज २०७८ मंसिर १४ गते पार्टी जिल्ला कार्यालयमा सम्पन्न भएको छ ।

बैठकले यही २०७८ मंसिर १७ गते तुलसीपुर उद्योग वाणिज्य संघको सभा हल दोघरेमा हुने जिल्ला कार्याकर्ता भेलाको तयारीको समिक्षा गरेको छ । मंसिर ७ गते सम्पन्न दोस्रो वैठकले बनाएको कार्ययोजनाको समिक्षा गर्दै थप योजना निर्माण गरेको छ । भेलालाई व्यबस्थित बनाउन विभिन्न समिति निर्माण गरिएको थियो ।

जिल्ला कार्याकर्ता भेलामा पार्टीका वार्ड कमिटीदेखि जिल्ला कमिटीसम्म सबै, जन संगठनका जिल्ला र पालिका कमिटीका सबै, जनप्रतिनिधि सबैलाई सहभागी बनाउने निर्णया गरिएको छ । भेलामा प्रमुख अतिथिका रुपमा पार्टी अध्यक्ष माधब कुमार नेपाल र पार्टीका उपमहासविच डा. विजय पौडेललाई आमन्त्रण गरिएको छ ।

बैठकलाई प्रमुख अतिथि भागवत विश्वाशी, पार्टी केन्द्रीय सदस्य तथा दाङ ईन्चार्ज जोगबहादर राना, केन्द्रीय सदस्य जिल्ला सह ईन्चार्जहरु शारदा स्वर्णकार, अनारकली मिया, पार्टी केन्द्रीय सल्लाकार नारायणप्रसाद आचार्य, प्रदेश सदस्य डम्वर बिसीलगायतले निर्देशन संबोधन गरेका थिए ।

प्रकाशित मिति : २०७८ मङ्सिर १४ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस