कांग्रेस महाधिवेशन : नयाँ नेतृत्वका मतदान सम्पन्न, गणनाको तयारी

दाङ । नेपाली कांग्रेसको १४ महाविधेशनअन्तर्गत दाङका संघीय क्षेत्रमा नेतृत्व चयनको लागि मंगलावार मतदान सम्पन्न भएको छ । जिल्लाका तीनवटै निर्वाचन क्षेत्रमा नयाँ नेतृत्व चयनका लागि मंगलवार शान्तिपूर्ण रुपमा मतदान भएको हो । नयाँ नेतृत्वका लागि मंगलवार दाङ क्षेत्र नं। १ मा ६ सय ८५ मत खसेको छ । निर्वाचन क्षेत्र नं। १ को ६ सय ९४ मतदाता मध्य मंगलावार मतदानका क्रममा ६ सय ८५ मत खसेको जिल्ला निर्वाचन समितिका कार्यवाहक संयोजक युवराज बस्नेतले जानकारी दिएका छन् । क्षेत्र नं। १ को क्षेत्रीय सभापति पदमा भेषराज पाण्डे र सर्वजित डिसी चुनावी प्रतिप्रर्धामा छन् ।

जसको सचिव पदमा कृष्णकुमार चौधरी, खेमलाल चौधरी, राजेन्द्र खड्का र हरिहर शर्माले उम्मेदवारी दर्ता गरेको निर्वाचन समितिले जनाएको छ । त्यसैगरेर सहसचिव पदमा गोविन्दकुमार वली, प्रकाशकुमार जिसी, मिनराज अधिकारी र मोहम्मद जमिर शाहले उम्मेदवारी दिएका थिए । क्षेत्र नं. १ बाट महाधिवेशन प्रतिनिधिका लागि ५१ जनाले उम्मेदवारी दिएका थिए । निर्वाचन समितिका कार्यवाहक संयोजक बस्नेतका अनुसार मतगणनाको तयारी गरिरहेको छ । त्यसैगरेर दाङ क्षेत्र नं। २ मा ६ सय ४२ मत खसेको छ । निर्वाचन क्षेत्र नं। २ मा ६ सय ५१ मतदाता मध्य ९ जना मतदाताहरु निर्वाचनमा सहभागी नभएको निर्वाचन समितिले जनाएको छ । क्षेत्र नं। २ को क्षेत्रीय सभापति पदमा चित्रबहादुर डाँगी ‘निर्मल’ र भीमप्रकाश खड्कालाई चयन गर्नका लागि मतदान भएको छ । क्षेत्र न  २ को सचिवमा आर.के. शीतल, कमलप्रसाद गौतम, सन्तोष योगी र हिमबहादुर डाँगी चुनावी मैदानमा छन् ।

त्यसैगरेर सहसचिवमा प्रमोद पोख्रेल, रञ्जित श्रेष्ठ, रमेशकुमार पाण्डे र शिवप्रसाद घिमिरे छन् । कांग्रेसको क्षेत्रमा १ जना सभापति, २ सचिव र २ सहसचिव चुन्ने विधानले व्यवस्था गरेको छ । त्यसैगरेर २५ जना महाधिवेशन प्रतिनिधिका लागि ६३ जनाले उम्मेदवारी दर्ता गरेका छन् । राष्ट्रियसभाका प्रमुख सचेतक अनिता देवकोटा, संविधानसभा सदस्य राजु खनाल, पूर्व जिल्ला सभापति बीरकेशरी गौतम, पूर्व सचिव कमलकिशोर घिमिरे, वर्तमान क्षेत्रीय सभापति भूपबहादुर डाँगीलगायतका नेताहरुले महाधिवेशन प्रतिनिधिका लागि प्रतिष्प्रर्धामा रहेका छन् ।

त्यसैगरी निर्वाचन क्षेत्र नं। ३ मा ८ सय ४४ मत खसेको छ । ८ सय ४७ मतदाता रहेको उक्त निर्वाचन क्षेत्रमा ३ मत नखसेको निर्वाचन समितिले जनाएको छ । क्षेत्र नं। ३ को क्षेत्रीय सभापति पदमा तीनजना प्रतिष्प्रर्धी रहेका छन् । जसमा सभापतिमा वर्तमान सभापति जगतबहादुर खड्का, जिल्ला कार्यसमिति सदस्य सुरेन्द्रबहादुर खड्का र कांग्रेस नेता किरण शाहको उम्मेदवारी परेको छ । सचिवमा शोभाकर सापकोटा,पूर्ण के।सी,रवि बुढाथोकी र भेषराज डाँगीले उम्मेदवारी दर्ता गरेका छन् ।

त्यस्तै सहसचिवमा भीमकान्त भट्टराई,डेफुलाल चौधरी, तनोज सिंह ओली र भूपबहादुर केसीले उम्मेदवारी दर्ता गरेका छन् । सदस्यमा चिरञ्जीवी वली, पूर्ण विसी, महेश चौधरी, यमप्रसाद भुसाल, मिनाकुमारी केसी, डिलाराम विष्ट, युवराज खड्का, सुवास डाँगी, प्रतिक्षा खड्का, जयलाल वली, पोषणराज न्यौपाने, भरत गिरी, युवराज भण्डारी, सन्तोषकुमार चौधरी, देवा बस्नेत, सीता देवकोटा, तेजप्रसाद आचार्य, दशरथ वली, लोकबहादुर बस्नेत, हरिबहादुर भण्डारी, दुर्गाबहादुर घर्ती, बसन्तकुमार खड्गी, गोपाल सुनार, झुपलाल नेपाली, कोकर चौधरी, ईश्वरीप्रसाद खड्का, भीमबहादुर केसी, महेश चौधरीले उम्मेदवार बनेका छन् ।

त्यस्तै महाधिवेशन प्रतिनिधिमा प्रत्यक्षतर्फ अर्चना रेग्मी, कविताकुमारी शर्मा, चित्रा बुढाथोकी, तारादेवी भण्डारी, पवित्रा धिताल, पिमाकुमारी खड्का, रेखा डाँगी, सुशीला सुवेदी, शुष्मा लामिछाने, गिरी, एकराज आचार्य, कीर्तिबहादुर खड्का, केशवराज शर्मा आचार्य, कुलप्रसाद पौडेल, गेहेन्द्र गिरी गोविन्दबहादुर शाह -शम्भु_, चेतबहादुर सेपाइली, जागेश्वर खड्का, जितबहादुर केसी, टेकबहादुर वली, फल्कुदत्त भण्डारी, विष्णुबहादुर खड्का क्षेत्री, भरत केसी, भानुभक्त पौडेल, महादेव शाह, यज्ञनारायण आचार्य, युवराज खड्का, राजकुमार पोख्रेल हमाल, शंकर गिरी, शंकरप्रसाद डाँगी, हरिहर पौडेल, विमल रिजाल, राजेन्द्र धिताल र टोपबहादुर केसी चुनावी प्रतिष्पर्धामा रहेका छन् ।

खस आर्यतर्फ कृष्णकुमार गिरी, कमानसिंह डाँगी, कुलबहादुर खत्री क्षेत्री, डा नहकुल केसी, प्रदीपकुमार खड्का, रजकुमार रेग्मी लिलाधर लम्सालले उम्मेदवारी दर्ता गरेका छन् । महाधिवेशन प्रतिनिधि दलित महिलामा देविका नेपाली, सीतरा नेपाली वादी, पुरुषतर्फ जोगेन्द्रबहादुर सुनार, घनश्याम सुनारले उम्मेदवारी दर्ता गरेका छन् । मुस्लिम मधेसीमा अमन उल्ला अन्सारी र ऋषिराज लहरे ‘अरुण’, आदिवासी जनजातितर्फ टीकाराम घर्ती, चन्द्रकली बुढाले उम्मेदवारी दिएका छन् । खस आर्य महिलातर्फ चित्रा गिरी, मिथिला शाह, लोकेश्वरी अधिकारी, शान्ता पाण्डे र सर्मिला आचार्य चुनावी मैदानमा छिन । गोरक्षबाट साभार

प्रकाशित मिति : २०७८ मङ्सिर ७ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस