बिमल रिजालले घोषणा गरे कांग्रेस महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी

तुलसीपुर । नेपाली कांग्रेसकाका युवा नेता बिमल रिजालले महाधिवेशन प्रतिनिधिमा आफ्नो उम्मेदवारी घोषणा गरेका छन् । मगलबार रिजालले निजी क्षेत्रको प्रतिनिधित्व गर्दै दाङ क्षेत्र नम्बर ३ बाट संघीय महाधिवेशन प्रतिनिधिमा आफ्नो उम्मेदवारी घोषणा गरेका हुन ।

तुलसीपुर उद्योग बणिज्य संघका पूर्ब अध्यक्ष तथा सामाजिक अभियान्ता रिजालले उम्मेदवारी घोषणाको क्रममा टिम मिलाउने र सर्बसम्मत उम्मेदवारी चयन गर्ने वाताबरण सृजना भएमा आफु सहमतिको बाधक नबन्ने समेत स्पष्ट पारेका छन् ।
‘काँग्रेसलाई मुलुकको पहिलो पाटी बनाउन सक्षम युवादेखि अनुभवी नेताहरुको पनि उत्तिकै खाँचो पर्छ,’ उनले भने ‘ त्यसले मात्रै पार्टीमा उर्जा प्रदान गर्छ ।’ पार्टीलाई सुदृढ र सशक्त बनाउन सबैलाई समेटेर अगाडि बढनु पर्ने बेला आएको हुँदा सहमति कायम भए त्यस्तोमा आँफु बाधक नबने रिजालको भनाई छ ।

पार्टीको १४औं महाधिवेशनमा महाधिवेशन अन्तरगत मंसिर ३ गते प्रदेश सभा, ६ गते संघीय निर्बाचन क्षेत्र अधिबेशन, १० गते जिल्ला अधिबेशन र १६ र १७ गते सातवटै प्रदेशमा प्रदेश अधिबेशनको मिति तोकिएको छ ।

प्रकाशित मिति : २०७८ कार्तिक २३ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस