मोतीपुर झडप : मृतकका परिवारलाई ५ लाख ५० हजार राहत

काठमाण्डौ । सरकारले रुपन्देहीको मोतीपुरमा भएको घटनामा ज्यान गुमाएकाका परिवारलाई राहत दिने भएको छ । सोमवार बसेको मन्त्रिपरिषद् बैठकले मोतीपुर औद्योगिक करिडोर घटनामा ज्यान गुमाएका मृतकका परिवारलाई राहत दिने निर्णय गरेको हो ।

गएको असोज २४ गते मोतीपुर औद्योगिक करिडोर क्षेत्रमा प्रहरी र स्थानीयवासीबीच हुँदा चार जनाको ज्यान गएको थियो । घटनालगत्तै जिल्ला प्रशासन कार्यालय रुपन्देहीले प्रति परिवार पाँच लाख रुपैयाँ उपलब्ध गराउन केन्द्र सरकारलाई र एक लाख रुपैयाँ उपलब्ध गराउन लुम्बिनी प्रदेश सरकारलाई सिफारिस गरेको थियो ।

सोमबारको मन्त्रिपरिषद् बैठकको निर्णय मंगलबार सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सरकारले बेमौसमी वर्षाबाट धानबालीमा भएको क्षतिको राहत उपलब्ध गराउने सम्बन्धमा कार्यदलले पेस गरेको कार्यविधि स्वीकृत गर्ने निर्णय गरेको पनि जानकारी दिए ।

प्रकाशित मिति : २०७८ कार्तिक २३ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस