पालिकामा २१६१ जना मतदाताले काँग्रेस दाङमा ५०० जना प्रतिनिधि चुन्दै

दाङ । नेपाली काँग्रेसको १४औं महाधिबेसन अन्तर्गत पालिका स्तरीय अधिबेसन दाङमा भोली हँुदैछ । तुलसीपुर उपमहानगरपालिका र घोराही उपमहानगरपालिका र लमही नगरपालिका र ७ वटा गाँउपालिकामा गरि कुल २ हजार १ सय ६१ जनाले मतदान गर्ने छन् । १० पालिकाबाट जिल्ला भर ५०० जना काग्रेसका प्रतिनिधि चुनिने छन् ।

जिल्ला निर्वाचन अधिकृत प्रल्हादबहादुर कार्कीका अनुसार तुलसीपुरमा १ सय ९३ जना महिला र ४ सय जना पुरुष गरि ५ सय ९३ जना, घोराहीमा १ सय ५२ जना महिला र ३ सय १६ जना पुरुष गरि ४ सय ६८ जना, लमहीमा ४९ महिला र १ सय १० पुरुष गरि १ सय ५९ जना, राजपुरमा महिला २९ र पुरुष ८४ गरि १ सय १३ जना मतदाता छन् ।

गढवामा ५७ महिला र १ सय २४ पुरुष गरि १ सय ८१, राप्ती गाँउपालिकामा ४४ महिला र १ सय ८ जना पुरुष गरि १ सय ५२ जना, शान्तिनगर गाँउपालिकामा ४० महिला र ८५ पुरुष गरि १ सय २५, बबई गाँउपालिकामा ३२ महिला र ८७ पुरुष गरि १ सय १९ जना र बङगलाचुली गाँउपालिकामा ३७ महिला र ९२ पुरुष गरि १ सय २९ जना मतदाता छन् ।

समाबेशीताको सिद्धान्तको आधारमा मतदातामा दलित, अपाङगता, आदीबासी जनजाति, मुस्लीम, अल्पसंख्यक, खस आर्य, मधेसीलगायतका छन् । यी मतदाताले तुलसीपुरमा ९५ जना, घोराहीमा ९५ जना, लमहीमा ४५ जना, ववईमा ३५ जना, बङगलाचुलीमा ४० जना, शान्ति नगर ३५, दङगीशरणमा ३५ जना, गढवामा ४० जना, राजपुरमा ३५ जना र राप्ती गाँउपालिकामा ४५ जनालाई सभापतिसहित बिभिन्न पदमा ५०० सय जना प्रतिनिधि चुन्ने छन् ।

निर्वाचन अधिकृत कार्कीका अनुसार शनिबार बिहान १० बजे नामावली प्रकाशन, १० बजेदेखि १ बजेसम्म मनोनयन पत्र वितरण, १० बजेदेखि साँढे १ बजेसम्म मनोनयन दर्ता, २ बजे उम्मेदारको प्रथम नामावली प्रकासन, सवा २ बजेदेखि पौने ३ बजेसम्म दाबि बिरोधको निर्वाचन कार्यतालिका रहेको छ । संशोधन सहितको नामावली ३ बजे, उम्मेदावरी फिर्ता ३ बजेदेखि ६ बजेसम्म, अन्तिम नामावली सवा ६ बजेसम्म कार्यतालिका रहेको छ ।

शनिबार असोज ९ बजे बिहन ९ बजेदेखि ३ बजेसम्म मतादनको कार्यतालिका रहेको कार्कीले बताए । उनले आज शुक्रबार बेलुकीदेखि आचार संहिता लागु भएको बताए । निर्वाचनका कूनैपनि गतिविधि गर्न नपाईने उनले बताए ।

प्रकाशित मिति : २०७८ असोज ८ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस