लोसपाको पक्षमा १५ सांसदले गरे सनाखत

काठमाडौं । महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)को पक्षमा १५ जना सांसदले सनाखत गरेका छन् ।
जनता समाजवादी पार्टीबाट छुट्टिएका प्रतिनिधिसभा १४, राष्ट्रियसभाका १ सांसद र १७ जना केन्द्रीय सदस्यहरु बुधबार निर्वाचन आयोगमा पुगेर लोसपाको पक्षमा सनाखत गरेको नेता केशव झाले जानकारी दिए।
१५ जनाले सनाखत गरेसँगै ठाकुर नेतृत्वको लोसपा दर्ता हुने भएको छ। केही समयअघि जारी भएको अध्यादेशअनुसार कुनै दल विभाजन हुन केन्द्रीय कमिटी वा संसदीय दलमा २० प्रतिशत बहुमत पुग्ने व्यवस्था छ।
यी हुन् लोकतान्त्रिक समाजवादी पार्टी दर्ताका लागि सनाखत गर्ने १४ सांसद
महन्थ ठाकुर, राजेन्द्र महतो, शरतसिंह भण्डारी, अनिलकुमार झा, लक्ष्मणलाल कर्ण, चन्दा चौधरी, निर्जला राउत, विमलप्रसाद श्रीवास्तव, उमाशंकर, एकवाल मियाँ, चन्द्रकान्त चौधरी, दुलारीदेवी खँग खत्वे, कल्लुदेवी विश्वकर्मा, शेखरकुमार सिंह