दल दर्ता हुनेबित्तिकै सरकारमा सहभागी हुन्छौं : चौधरी

काठमाडौं । प्रस्तावित नेकपा (एकीकृत समाजवादी)का नेता मेटमणि चौधरीले निर्वाचन आयोगमा दल दर्ता हुनेबित्तिकै आफ्नो पार्टी सरकारमा सहभागी हुने बताएका छन् । उनले माधवकुमार नेपालको साथ छाडेका भनिएका नेताहरू पनि अबको पाँच दिनभित्र आफूहरूकै पार्टीमा आउने दाबी समेत गरे ।

शनिबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उनले भने, “म भन्न चाहन्छु– पाँच दिनभित्र सबैजना उनीहरू नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)मा फर्किने छन् । निर्वाचन आयोगले ९ गते सनाखतका लागि बोलाएको छ ।

त्यसपछि दल दर्ताको प्रमाणपत्र प्राप्त हुन्छ । हामी सरकारमा जाने ढोका खुल्छ ।” नेकपा (एमाले)ले मुलुकको कुनै पनि समस्या समाधान गर्न नसक्ने निष्कर्षमा पुगेपछि आफूहरूले नयाँ पार्टी स्थापना गर्नुपरेको बताए ।

प्रकाशित मिति : २०७८ भाद्र ५ गते शनिवार
प्रतिक्रिया दिनुहोस