मेरो पहिलो काम राजधानी ब्यवस्थित निर्माण : मन्त्री चौधरी

दाङ । लुम्बिनी प्रदेशका ग्रामीण तथा शहरी विकास मन्त्री डिल्लीबहादुर चौधरीले दाङको मौरिघाटस्थित मन्त्रालय पुगेर औपचारिक रुपमा पदभार ग्रहण गरेका छन । पदभार ग्रहण गर्दै नवनियुक्त मन्त्री चौधरीले ब्यवस्थित राजधानी निर्माणका लागि प्लानिङ्ग गर्ने बताए ।
त्यसैगरी पर्यटनलाई रोजगारसंग जोड्ने कामहरु आफ्नो पहिलो प्राथमिकता रहेको बताए । अर्काे कुरा देशम अहिले कोभिड तिब्र गतिमा फैलिरहेको छ, यो रोग बाट हामी सबै बाच्नुपर्छ बचाउनुपर्छ भन्दै सबै कार्यकर्तालाई सजग र सचेत रहन आग्रह गरे ।

त्यस्तै मंत्री चौधरीले मौरिघाट चोकमा पुगेर शहिद श्रीनारायण चौधरीको शालिकमा मालर्याल्पण गरेका थिए । मन्त्री भएर गृह जिल्ला आएका चौधरीलाई भेट्न नेता तथा कार्यकर्ताको घुइंचो लागेको थियो ।
प्रकाशित मिति : २०७८ साउन २९ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस