लुम्बिनी प्रदेशका तीन मन्त्री सांसदबाट पदमुक्त

दाङ । जनता समाजवादी पार्टी जसपाका लुम्बिनी प्रदेशका ३ जना सांसद पदमुक्त भएका छन् । प्रदेशसभा सचिवालयका सचिव दुर्लभकुमार पुनले सूचना जारी गर्दै सन्तोषकुमार पाण्डेय, विजयबहादुर यादव र कल्पना पाण्डेयलाई पदमुक्त गरेको जानकारी दिएका हुन् ।

सांसदबाट पदमुक्त भएका तीनै जना प्रदेश सरकारका मन्त्री पनि हुन् । जनता समाजवादी पार्टी प्रदेश संसदीय दलका नेता सहसराम यादव र प्रमुख सचेतक पुरमती ढेँगा मगरसहित पार्टीका नेताहरू उनिहरूलाई पार्टीले कारबाही गरिएको पत्र बिहीबार प्रदेश सभा सचिवालयमा दर्ता गराएका थिए ।

प्रदेश सरकारले प्रदेश सभामा पेश गरेको निती तथा कार्यक्रम पारित नगर्न पार्टीले लगाएको ह्वीप उल्लंघन गरेपछि उनीहरुलाई गत जेठ ३० गते स्पष्टीकरण सोधेको र स्पष्टीकरणको चित्तबुझ्दो जवाफ नदिएकाले राजनीतिक दलसम्बन्धी ऐन २०७३ अनुसार पार्टीले उनीहरूलाई कारबाही गरेको जसपा संसदीय दलका नेता सहसराम यादवले बताए । उनिहरूलाई जसपाको केन्द्रीय कार्यकारी समितिको बैठकले पार्टीबाट निष्कासन गर्ने निर्णय गरेको थियोे ।

प्रकाशित मिति : २०७८ साउन १५ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस