एमाले संसदीय दलको विधान संशोधन, संशोधित विधान केन्द्रीय समितिमा लगिने

नेकपा एमालेको संसदीय दलको बैठकले विधान संशोधन केन्द्रीय समितिमा लैजाने निर्णय गरेको छ।

शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको संसदीय दलको बैठकले संशोधित विधान परित गर्दै उक्त विधानलाई केन्द्रीय समितिमा लैजाने निर्णय गरेको प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए।

ncell
‘संसदीय दलको बैठकले विधान संशोधन गरेर केन्द्रीय समितिमा पठाउने निर्णय गरेको छ’, भट्टराईले नेपालखबरसँग भने।

बिहीबार बसेको एमाले संसदीय दलको बैठकले सांसदहरु विशाल भट्टराई, शेरबहादुर तामाङ र राष्ट्रियसभा सदस्य विमला राई पौडेल रहेको ३ सदस्यीय विधान संशोधन कार्यदल बनाएको थियो। कार्यदलले संशोधन प्रस्ताव तयार गरेको र सोही प्रस्ताव आजको बैठकबाट पारित भएको हो।

प्रकाशित मिति : २०७७ चैत्र ७ गते शनिवार
प्रतिक्रिया दिनुहोस