‘सुन्दर तुलसीपुर, सुरक्षित तुलसीपुर’ अभियान : २० हजार स्टिकर टाँस्ने शुरु

दाङ ।  ‘सुन्दर तुलसीपुर, सुरक्षित तुलसीपुर’ अभियानको भव्य गरिएको छ । तुलसीपुर उद्योग वाणिज्य सङ्घको आयोजनामा अभियानको सुरु भएको हो । कुनै पनि विपत वा घटना भएमा प्रहरीको फोन नम्बर, दमकल र एम्बुलेन्सको नम्बर राखेर बजारका प्रत्येक घर र बजार क्षेत्रमा सञ्चालन हुने यातायात साधनमा २० हजार स्टिकर टाँस्ने शुरु गरिएको छ । पहिलो चरणमा बजार क्षेत्रका घर र पसलमा ५ हजार स्टिकर टाँस्ने लक्ष्यसहित अभियान अगाडि बढाइएको छ । स्टिकरमा प्रहरी, दमकल, एम्बुलेन्सको आपतकालीन सेवाका लागि सम्पर्क नम्बर उल्लेख छन् । यो अभियानमा २० हजार स्टिकर टाँस्ने लक्ष्य लिएको सङ्घका अध्यक्ष विनिल केसीले बताए ।

स्टिकरको तुलसीपुरमा रहेको नविल बैंकको सहयोग गरेको छ । यस्तै कार्यक्रमको शुभारम्भ गर्दै तुलसीपुर उपमहानगरपालिका मेयर टिकाराम खड्काले बजारका नागरिकहरू विभिन्न जोखिमबाट कसरी सुरक्षित हुनेमा पहिला ध्यान दिनु पर्ने र यदि केही भएमा यो स्टिकरमा दिएको फोन नम्बरका फोन गरेर सूचना वा सहयोग माग्न सहज हुने बताए । तुलसीपुरको राम्रो वातावरण बनाउन सकेमा मात्र ‘सुन्दर तुलसीपुर, सुरक्षित तुलसीपुर’ हुने उनको भनाइ छ ।

यस्तै कार्यक्रममा बोल्दै दाङका प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद लम्सालले यो अभियानले नागरिकहरूमा सामाजिक उत्तरदायित्व बढाउने र यसले सूचना र आपतकालीन सेवाको पहुँच सहज पु¥याउने बताए । स्थानीय सरकार, निजी संस्था र नागरिक समाज मिलेर यस्ता अभियानले समृद्ध र सुरक्षित समाज बनाउने उनको विश्वास छ ।

प्रकाशित मिति : २०८२ जेष्ठ १८ गते आइतवार
प्रतिक्रिया दिनुहोस