नेपाल संस्कृत विश्वविद्यालयमा लागेको ताला एक महिनापछि खुल्यो

दाङ । दाङको नेपाल संस्कृत विश्वविद्यालय केन्द्रीय कार्यालय र सेवा आयोगको कार्यालयमा लागेको ताला एक महिनापछि खुलेको छ । अखिल ( क्रान्तिकारी ) दाङले दुवै कार्यालयमा लगाएको ताला बिहीबार खुलेको हो । संघठनले विभिन्न मागहरु राख्दै गत भदौ ४ गतेदेखि अनिश्चितकालीन तालाबन्दी गरेको थियो ।यस्तै उनले परीक्षामा जति पनि आवेदन दिन लागेका छन् ।
उनीहरूको आवाजको प्रतिनिधित्व गरेर अखिल ( क्रान्तिकारी ) ले तालाबन्दी गरेको समेत बताए । प्रश्नपत्र बाहिरिएपछि पनि विश्वविद्यालयलाई उच्चस्तरीय छानविन गर्न आग्रह गर्दा गर्दै पनि त्यही प्रश्नपत्रबाट परीक्षा गराउन खोजेपछि सङ्गठनले बाध्य भएर तालाबन्दी गरेको उनको भनाइ छ ।
तालाबन्दी भएको लामो समयसम्म हुँदा पनि विश्वविद्यालयले आफूहरूको माग सुनुवाइ गर्न ध्यान नदिएको समेत उनले बताए ।सङ्गठनले पाँच बुँदे सहमति गरेर ताला खोलेको हो । सहमतिमा नेपाल संस्कृत विश्वविद्यालयका प्राध्यापक डाक्टर रमेश ढकालको संयोजकत्वमा गठित छानबिन समितिको प्रतिवेदनले औँल्याएका विषयहरु अनिवार्य रुपमा कार्यान्वयन गरिने, सेवा आयोगका आगामी विज्ञापनहरुमा आवेदन फारमहरुमा अनलाइन भर्ने व्यवस्था मिलाउने सहमति पत्रमा उल्लेख छ ।
यस्तै, विश्वविद्यालयमा अतिसम्बेदनशील शाखा विभागमा कार्यरत प्राध्यापक तथा कर्मचारीहरुलाई आवश्यकता र औचित्यको आधारमा न्यायोचित रुपमा ब्यवस्था मिलाउने, आयोगद्धारा लिइने कर्मचारी पदका विज्ञापनसम्बद्ध परिक्षाहरु केन्द्रिय कार्यालय रहेको दाङ मै संचालन गर्ने व्यवस्था मिलाउने सहमति भएको अखिल क्रान्तिकारीले जनाएको छ ।
