गणेश डेरी उद्योगले प्राविधिक विषयमा छात्रवृत्ति दिने

तुलसीपुर । तुलसीपुरमा रहेको गणेश डेरी उद्योगले सामाजिक उत्तरदायित्व अन्तर्गत प्राविधिक विषय अध्ययन गर्ने विद्यार्थीलाई छात्रवृत्ति दिने भएको छ । उद्योगले तुलसीपुर मेट्रो कलेजमा डिप्लोमा तहमा फुड एण्ड डेरी टेक्नोलोजी अध्ययन गर्ने एक जना विद्यार्थीलाई हरेक वर्ष छात्रवृत्ति प्रदान गर्ने भएको हो ।

कलेज प्रमुख वसन्त आचार्य र उद्योगका सञ्चालक विनिल केसीका विचमा भएको समझदारी पत्रमा उद्योगले ५० प्रतिशत छात्रवृत्ति प्रदान गर्ने कुरा उल्लेख गरिएको छ । साथै कलेजमा अध्ययनर विद्यार्थीहरुलाई उद्योगमा इन्टर्नसिप र रोजगारी प्रदान गर्ने समेत सहमती भएको कलेज प्रमुख आचार्यले जानकारी दिए । समझदारी पत्रमा उल्लेख भए अनुसार उद्योगले उत्पादन गर्ने हरेक डेरी उत्पादनमा कलेजमा अध्ययनरत विद्यार्थीहरुलाई विशेष छुट समेत दिइनेछ ।

“सामाजिक उत्तरदायित्व वहन गर्न पाउँदा निकै खुसी लागेको छ ” उद्योगका सञ्चालक केसीले बताए । तुलसीपुरलाई प्राविधिक शिक्षाको केन्द्रका रुपमा विकास गर्नका लागि तुलसीपुर उपमहानगरपालिकाले तुलसीपुर मेट्रो कलेजको स्थापना गरेको हो ।

प्रकाशित मिति : २०८० बैशाख ५ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस