टरिगाउँ एयरपोर्टमा भोलि सीता एयरले परीक्षण उडान भर्ने

तुलसीपुर । दाङको टरिगाउँ एयरपोर्टमा सीता एयरले शुक्रबार परीक्षण उडान भर्ने भएको छ । सीताको १९ सिटे चार डोर्नियर जहाजले शुक्रबार दिउँसो एक बजे परीक्षण उडान भर्न लागेको टरिगाउँ एयरपोर्टका विमानस्थल प्रमुख गणेश आचार्यले जानकारी दिए ।
प्रमुख आचार्यका अनुसार एयरपोर्टबाट पछिल्लो समय नेपाल एयरलाइन्सको ट्विनअटर विमानले हप्ताको चार दिन आइबार, मंगलबार, बिहीबार र शनिबार उडान हुँदै आएको छ।
दाङदेखि काठमाडौंको भाडा न्यूनतम ८ हजार ८ सय १० रूपैंया र काठमाडौंदेखि दाङको भाडा न्यूनतम ९ हजारदेखि अधिकतम १२ हजारसम्म छ । निजी विमान सेवा कम्पनीले टरिगाउँ एयरपोर्टमा उडान भरे हवाई भाडा घट्ने आशा गरिएको छ । यस एयरपोर्ट घाँसे मैदान हुँदा पनि सीताले उडान भरेको थियो ।
त्यस्तै सीताले गुल्मीको नवनिर्मित एयरपोर्ट र दाङको एयरपोर्टबाट परीक्षण उडान भर्न लागेको हो । युवा ब्यवसायी रिजाललगायत यसक्षेत्रका ब्यवसायीको पहलमा झन्डै दशक पहिले पनि निजी विमानले टरिगाउँ एयरपोर्टमा सेवा दिने गरेका थिए ।
टरिगाउँ एयरपोर्ट ७५० मिटर लम्बाई र ३० मिटर चौडाइमा मात्रै कालोपत्रे रहेका कारण यहाँ ठूला विमान अवतरण हुन सक्दैनन् ।