सञ्चारमन्त्री शर्मा र अर्थमन्त्री बिच घोराही तुलसीपुर सडक बनाउने विषयमा छलफल

काठमाडौँ । सूचना तथा सञ्चारमन्त्री रेखा शर्माले अर्थमन्त्री विष्णु पौडेलसँग राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही दाङमा एम.बि.बि.एस पढाई सञ्चालन गर्न र अलपत्र रहेको घोराही तुलसीपुर चारलेन सडक निर्माणका विषयमा छलफल गरेकी छन् । अर्थमन्त्री विष्णु पौडेल निवासमा आइतबार दुबै पक्षका बिच छलफल भएको हो ।
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना भएको लामो समय बितिसक्दा पनि पढाई सञ्चालन नभएको बताउँदै त्यसका लागि आवश्यक पर्ने बजेट र प्रतिष्ठानलाई चाहिने जग्गा व्यवस्थापन गर्ने विषयमा छलफल भएको सञ्चारमन्त्री रेखा शर्माले जानकारी जानकारी दिइन् ।
यसका साथै अलपत्र परेको घोराही –तुलसीपुरको चारलेन सडक निर्माणका विषयमा कुराकानी भएको थियो । ठेकेदारले समयमै काम नगर्दा ठुलो जनधनको क्षति भएको बताउँदै तत्काल सडक बनाउने विषयमा कुन उपाय अवलम्बन गर्न सकिन्छ, भनेर छलफल भएको थियो । घोराही तुलसीपुर सडक बनाउँन खनिएको खाल्डोमा परि हाल सम्म २५ जनाको मृत्यु भएको छ ।