एमाले नेतृ रुहि जान द्धारा पार्टिकै नेताले सांसद बनाउने बहानामा पैसा लिएको आरोप
नेकपा एमालेको मुस्स्लिम कलस्टरको महिला तर्फ १ नं मा नाम रहेकी रुहि नाजले पार्टिकै मुस्लिम नेताले आफुबाट पैसा खाएको आरोप लगाउनु भएको छ । जनता समाजबादिबाट नेकपा एमालेमा प्रवेश गरेकि नेतृले आफुलाई मुस्लिम क्लस्टरमा महिला तर्फ १ नं मा नाम राखि सांसद बनाउने आश्वासन दिएर मुस्लिम नेता सेराज फारुकिले पटक पटक गरी १५ लाख लिएको बताउनुभयो ।
उँहाले अनलाई राप्ति संगको कुराकानिमा आफुसंग पैसा दिएको पुरा प्रमाण भएको बताउनुभएको छ । आफुले पार्टिका नेताबाट धोका पाएको भन्दै प्रमाण सहित मिडियामा आउने बताउनुभएको छ । नेकपा एमाले समानुपातिकमा सबैभन्दा धेरै मत पाएर पहिलो नम्बरमा रहेको छ ।
पार्टिले उम्मेद्धारको नाम लिस्टबाट सांसदको नाम पठाउदा नेतृ जानको नाम नपरेपछि उँहाले पैसाको लेनदेन भएको बताउनुभएको हो । पैसा लिएर काम नगरेको भन्दै नेतृ जान आक्रोसित हुनुभएको छ । नेकपा एमाले मुस्लिम क्लस्टरबाट पुरुष तर्फ १ नंम्बरमा रहनुभएको फारुकिले उक्त रकम लिएको नेतृ जानले दावि गर्नुभयो ।