चोक चोकमा मतदान शिक्षा प्रदान गर्दै गुरुकुल

दाङ ।

मंसिर ४ गते हुन गैरहेको आसन्न प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचनले देश निर्वाचनम बनिरहेको छ । निर्वाचन आयोगले पनि मतदाता शिक्षा प्रदान गर्ने , मत पेटिका मतदान स्थल सम्म लैजाने ,मत पत्र छाप्ने लगायतको आफ्नो तयारी गरीरहेको छ । यसै अन्तर्गत दाङमा एक बिद्यालयका बिद्यार्थिहरुले आफ्नो सोइच्छ्याले मतदान शिक्षा प्रदान गरेका छन । दाङको घोराहिमा रहेको गुरुकुल एकेडेमि बिद्यालयका कक्षा ११ र १२ का बिद्यार्थिहरुले मतदान शिक्षा प्रदान गरेका छन । आउदै गरेको आसन्न प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचनलाई मध्यनजर गरेर मतदान गर्दा मत बदर नहोस भन्नका लागि यो शिक्षा प्रदान गरीएको हो । आइएसओ सर्टिफाइड बिद्यालयले बिद्यार्थिका लागि प्रदान गर्ने ब्यबहारीक ज्ञान मध्येको यो पनि एक हो ।

बिद्यालयले समयानुकुल बिद्यार्थिलाई अतिरीक्त कृयाकलाप प्रदान गर्ने गर्दछ र सोहि अनुसार यस पटक बिद्यार्थिले आफुले स्थानिय सरकार तथा शिक्षकबाट मतदान शिक्षा सिकेर घोराहिका बिभिन्न चोकमा बसेर मतदाताहरुलाई मतदान शिक्षा प्रदान गरेको बिद्यार्थि प्रकृति पोख्रेल र सम्रिता थापाले बताए । गुरुकुल एकेडेमिले निर्वाचन आयोगको आचासंहिता पालना गरी सांकेतिक मतपत्र लिएर कुनैपनि राजनितिक पुर्वाग्रह नराखि उक्त मतदाता शिक्षा प्रदान गरेको हो । प्रत्येक ५÷५ जनाको समुह बनाई संचालन गरेको कार्यक्रममा करीव १००० बढि मतदाताले शिक्षा लिएका छन । यो शिक्षा पाउदा मात्र नभएर बिद्यार्थिको जिम्मेवारी प्रति मतदाता पनि खुसि भएको रामशरण पोख्रेलले बताए । उनिहरुले अन्य ठाँउमा पनि यस्तै क्याम्प बनाई कार्यक्रम संचालन गर्न अनुरोध गर्दछन । निर्वाचन आयोगको आचासंहितामा रहि समाजमा बिद्यार्थि भन्ने मुल नाराका साथमा यो कार्यक्रम आयोजना गरीएको हो ।

जसले बिद्यार्थिलाई पनि फाइदा पुग्नुको साथै निर्वाचन सम्बन्धि ज्ञान पनि मिलेको छ । मतदाता कार्यक्रममा बिद्यार्थि मात्र नभई स्नानिय सरकार अन्तर्गत स्वंयसेविकाको पनि उपस्थित रहेको थियो । निर्वाचन नेपालको लागि गौरवको कुरा भएको भन्दै यो निर्वाचन सम्पन्न गर्न सबैको दायिक्त्व रहेको र त्यहि अन्तर्गत यो कार्यक्रमको आयोजना गरीएको बिद्यालयका सहायक प्रधानाध्यापक मुकुन्द गिरीले बताए । बिद्यालयका सह प्रधानाध्यापक मुकुन्द गिरी , प्रबक्ता बिबेक देवकोटा , प्लस टु ब्यबस्थापन संयोजक कृष्णदेव थापा र शिक्षक इन्द्र पोख्रेलको नेतृक्त्वमा कार्यक्रम भएको थियो ।निर्वाचन आयोग र स्थानिय सरकारको मतदाता शिक्षा कार्यक्रमले मात्र सबैलाई नछुने हुँदा सबै क्षेत्रले आफ्नो जिम्मेवारी पुरा गर्दै गुरुकुलको जस्तै कार्यक्रम सबैले संचालन गर्न जरुरी छ ।

प्रकाशित मिति : २०७९ कार्तिक २९ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस