समस्या भन्नुस समाधान गर्छु : मेटमनि चौधरी

दाङ । पाँच दिलय सत्ता गठबन्धनका तर्फबाट दाङ क्षेत्र नम्बर १ प्रतिनिधि सभा सदस्य उम्मेदवार मेटमनि चौधरीले चुनावी घरदैलो तिब्र पारेका छन् । आफ्नो क्षेत्रका मतदाताहरुको गुनासा र माग सुन्नका लागि गाउँ केन्द्रीत बनेका चौधरीले ति गुनासा र माग सम्बोधनको बचन समेत दिएका छन् । उनका अनुसार मतदाताबाट नागरिकका आधारभुत आवश्यक्ताको खोजी भएको छ । चौधरीले मतदाताहरुबाट आएका माग जटिल प्रकृतिका भएको र यो माग आफुले सम्बोधन गर्ने बताएका छन ।
उनले नागरिकका आधारभुत आवश्यक्ता सम्बोधनका लागि राज्य उत्तरदायि बन्नु पर्ने भन्दै राज्यलाई नागरिक प्रति उत्तरदायि बनाउन र आफु पनि जनताको काममा सक्षम भएको बताएका छन । निर्वाचनको बेला मात्र नेताहरु गाँउमा आउने र निर्वाचन जितेर गएपछि गाँउ नफर्किने कुराले आजित बनेको मतदाताले भने क्षेत्र नं १ का उम्मेद्धार मेटमनि चौधरी मन्त्रिहुदा पनि जनताको साथमै रहेको बताएका छन । गढवा गाँउपालिका वडा नं ८ कोइलाबासका मतदाताले उम्मेद्धार चौधरीलाई नेपाली कांग्रेसका पुराना नेता पुर्व गृहमन्त्रि स्वर्गिय खुम बहादुर खड्काको संज्ञा दिएका छन ।

सहयोगि सक्षम र निडर छबिका नेता चौधरीले मात्र दाङको बिकास गर्न सक्ने समेत बताएका छन । नेता चौधरीले क्षेत्र नं १को बिकासको लागि निकै ठुलो अहम भुमिका खेलेको भन्दै मतदाताको रोजाइमा परेका छन । चुनावी अभियानका क्रममा रहेका चौधरीले आज राजपुर गाँउपालिकाको बेलामा त्यहाका स्थानिय संग चुनावि भेटघाट गर्दै मतदाताको समस्या सुन्दै समस्या समाधानको बारेमा पनि आफ्ना धारणा सुनाएका थिय । उनले समग्र देउखुरी क्षेत्र र घोराहि उपमहानगरको वडा नम्बर १,२,३ र ४ का विभिन्न टोलका मतदाताहरुसंग सामिप्यता कसेका छन् ।
मतदाताहरुले उनीसमक्ष सडक, पानी, सिँचाई लगाएतका माग सम्बोधन नभएको सुनाएका थिए । चौधरी सबैका लोकप्रिय नेता भएका कारण पनि अब यी आवश्यक्ता उनै चौधरीले सम्बोधन गर्न सक्ने आशा पनि मतदाताहरुले व्यक्त गरेका थिए । उनले देउखुरी र घोराहिलाई जोड्ने मुख्य सडक घोराहि लमहि सडक पनि जिर्न अवस्थामा रहेका कारण यो सडकको स्तरोन्नति पनि पहिलो प्राथमिकतामा परेको बताएका छन । प्राकृतिक बिपत्तीबाट आफ्ना मतदातालाई सुरक्षित गर्नुनै उम्मेद्धार चौधरीको पहिलो प्राथमिकता हो ।

त्यससंगै शिक्षा, स्वास्थ्य , खानेपनि र अन्य भौतिक पुर्वाधार निर्माण गर्ने उनको लक्ष्य छ । २०७४ सालको निर्वाचन जितेर गएपछि देउखुरी क्षेत्रमा धेरै बिकासका योजनाहरु सम्पन्न भएका छन । उम्मेदवार चौधरीले आफू झण्डै तीन दशक लामो राजनीतिक जीवन पछि पहिलो पटक नेपाल सरकारका सहरी बिकास मन्त्रि पनि बनिसकेका छन । मन्त्रि बनेर नागरिकको आधारभुत आवश्यक्ता पुरा गर्ने अभियानमा सशक्त रुपमा लाग्ने चौधरी अहिलेका निर्वाचनमा निर्वाचित भएर जनताका आबश्यकता पुरा गर्ने प्रतिबद्धता ब्यक्त गरेका छन ।
उनले मतदाता संग भेटघाटका क्रममा आफुु भोट माग्न मात्रै मतदाता समक्ष आएको नभएर मतदाताको समस्या पनि सुन्न आएको बताउदै समस्या सुन्ने मात्रै नभई समस्या समाधान गर्ने अठोट पनि गर्ने बताएका छन । मतदाता भेटघाटका क्रममा उनले भेटेका बाटोको समस्या लगायत अन्य भौतिक पुर्वाधारको समस्याहरु नोट गरेको र समस्या समाधानको प्रकृयामा पु¥याउने पनि बताएका छन ।