क्लोज क्याम्पबाट बिद्यार्थिहरुलाई गुरुकुलको फरक सिकाई
दाङ,२ कार्तिक । घोराहीमा रहेको गुरुकुल एकेडेमीमा कक्षा ९ मा अध्ययनरत विद्यार्थी श्रेष कुमाखी बजारमै जन्मिए बजारमै हुर्किए । करीब १३ वर्षीय उनले अहिलेसम्म खाना पकाउने,कपडा धुने कामदेखि ग्रामीण जीवनको बारेमा बुझ्ने अबसर पाएका थिएनन् । तर विद्यालयले दशै–तिहारको अवसर विद्यालयमा अध्ययनरत विद्यार्थीलाई ग्रामीण जीवनको ज्ञान गराउने उदेश्यले बगलाचुली गाउँपालिका वडा नम्बर २ को मर्पेसडाडामा क्लोज क्याम्पमा लगेपछि बुझ्ने अवसर प्राप्त गरेको बताए । घरमा खाना पकाउने,कपडा धुने काम गरेको थिएन । तर अहिले क्लोज क्याम्पमा साथीहरू मिलेर खाना पकाउनेदेखि आफ्ना कपडा धुने,पकाउन लागि दाउरा,पानी,तरकारी खोजेर पकाउने गरेका छौ ,उनले भने, दैनिक बिहीबारदेखि साझसम्म काम गर्दा समयको महत्वसंगै ग्रामीण जिवनलाई नजिकबाट चिन्ने अवसर मिलेको छ ।

त्यसैगरी विद्यालयकै कक्षा ९ मा अध्ययनरत विद्यार्थी सभेच्क्षा पौडेलले सहरमा बस्ने आफू जस्ता विद्यार्थीका लागि ग्रामीण जीवन बस्नका साथै कस्टकर जीवनको बारेमा बुझ्ने अवसर मिलेको बताइन । उनले ग्रामीण जीवनको महत्त्वसंगै बिहानदेखि साझसम्म कसरी जीवनयापन गरिदो रहिछ भनेर सिक्ने अवसर मिलेको बताइन । त्यसगरी उनले क्लोज क्याम्पले दैनिक जीवनको महत्त्वसंगै आफु जस्ता बालबालिकाले ग्रामीण जीवनको परिवेशमा कसरी पढ्दा रहिछ्न भनेर बुझ्ने अबसर मिलेको बताइन् । यसले विद्यालमा सैधान्तिकसंगै व्यवहारिक ज्ञान मिलेको बताइन् । घरमा एक हप्ताको लागि जङ्गलमा क्लोज क्याम्पमा जानेभन्दा बुबाआमाले मन गर्नुभएको थिएन ,उनले भनिन, तर आफुसंगै सरहरुले भनेको भनेपछि आउन दिनुभयो । अहिले खुशी लागेको छ । ग्रामीण जीवनको बारेमा धेरै बुझ्ने अबसर मिलेको छ । अहिले क्लोज क्याम्पमा २३ जना विद्यार्थीहरुले बिहान ५ बजेदेखि साझ ७ बजेसम्म आफै पकाउने,अध्ययन गर्ने गरिरहेको विद्यालयका शिक्षक विवेक देबकोटाले जानकारी दिएका छन् । घोराहीको रतनपुरमा रहेको स्कुलले अहिलेमात्रै नभएर २०७५ सालदेखि प्रत्यक वर्ष बालबालिकाहरुलाई जीवन उपयोगी शिक्षासंगै व्यबहारिक ज्ञानको उदेश्यले क्लोज क्याम गर्दै आएको विद्यालयका सहप्राचार्य मुकुन्द गिरीले जानकारी दिएका छन् ।
उनका अनुसार असोजको २८ गतेदेखि सुरु भएको क्याम्प कार्तिकको ४ गतेसम्म चल्नेछ । क्याम्पमा विद्यालयका ९ कक्षा अध्ययनरत २३ जना विद्यार्थी,शिक्षक बस्दै आएका छन् । त्यस अवसरमा लोटस गु्रपका दिपेश वली, मेरीगोल्ड गु्रपका अनिस अधिकारी,रोज समुहको सभेच्क्षा पौडेललगायतले विद्यालयले आयोजना गरेको क्लोज क्याम्पले विद्यार्थीलाई ग्रामीण जीवनको महत्त्वबारेमा बुझ्ने अवसर मिलेको बताए । गुरुकुल एकेडेमीका सह प्रधानाध्यापक मुकुन्द गिरीको अध्यक्षतामा भएको कार्यक्रममा बङ्गलाचुली गाउँपालिका २ नम्बर वडाका अध्यक्ष मैते पुन, पत्रकार अमरक्षितिज भण्डारी, नेपाली कांग्रेस बगलाचुली गाउँपालिका सचिव बलदेव मल्ल,बगलाचुली उद्योग बाणिज्य संघका अध्यक्ष रुपप्रसाद पुलामीलगायतले बोलेका थिए । कार्यक्रमको सहजीकरण विद्यार्थी सुप्रिया थापाले गरेकी थिइ

