आज संबिधान दिवस र गुरुकुलको फरक दृष्य

आज असोज ३ गते अर्थात संबिधान दिवस देशका बिभिन्न स्थानमा बिभिन्न कार्यक्रम गरी मनाएका छन । सो अवसरमा दाङको घोराहिमा रहेको गुरुकुल एकेडेमि बिद्यालयले बिद्यार्थिलाई राजनितिक कुरा बुझाउन नमुना सांसद बैठकको आयोजना गरी मनाएको छ । एउटा हल त्यसमाथि केहि नेता अनि सांसद सभामुख अनि प्रधानमन्त्रि पनि थिए । सो कार्यक्रममा सभामुखले मन्त्रि तथा सांसदलाई बोल्ने समय निर्धारण गर्दैथिए । देख्दा साँचिकै सघिय संसद भवनमा भैरहेको बैठक जस्तो । तर यो बास्तविक संसद बैठक नभएर एउटा बिद्यालयले आफ्ना बिद्यार्थिहरुलाई राजनितिक बैठक तथा मन्त्रिहरुले देश चलाउन कसरी गर्छन भन्ने अनुभव गराउन र सिकाउनको लागि आयोजना गरीएको नाटकिय नमुना सांसद बैठकको कार्यक्रम थियो ।

आज सातौ संबिधान दिवसको अवसरमा दाङको घोराहिमा रहेको आइएसओ सर्टिफाइड बिद्यालयले ब्यबहारीक ज्ञान प्रदान गर्न यो कार्याक्रम गरेको थियो । नमुना सांसद बैठकमा मिभिन्न मन्त्रिहरुले आफ्ना योजना प्रस्तुत गरेको थिय । कार्यक्रममा उपस्थित सत्तापक्ष तथा प्रतिपक्ष नेताहरुलाई सभामुखले बोल्ने समय उपलब्ध गराउदै गर्दा सांसदले प्रश्न राख्छन र अन्य उपस्थितले टेवल बजाएर साथ दिन्छन । उक्त कार्यक्रम बिद्यार्थि माझ सम्पन्न गर्न बिद्यालयका प्रबक्ता तथा शिक्षक बिबेक देबकोटाले निर्देशन गरेका थिए । नाटकिय संसद बैठकको आयोजनाले गर्दा बिद्यार्थिहरुmले बास्तबिक राजनितिको बारेमा अनुभव गर्न पाएका छन भने संबिधान आएपछि देशको कानुन र बिभिन्न महत्वपुर्ण कुराहरुको जानकारी लिने मौका पाएका छन ।

सांसद बैठकलाई युवा नेतृक्त्व आजको आबश्यकता , भ्रष्टाचारको बिरोध र प्रबिधिमैत्रि शिक्षा आजको आबश्यकता भन्ने मुल नाराको साथ सम्पन्न गरीएको थियो । नाटकिय संसाद बैठकमा कक्षा ८,९,१०,११ र १२ का बिद्यार्थिहरु सहभागि भएका थिए । आज बिशेष देन संबिधान दिवसको अवसरमा बालबालिकाहरुलाई प्रतिनिधि सभा भनेको केहो यो कसरी संचालन गरीन्छ भन्ने कुरा सिकाउने मुख्य लक्ष्य राखेर उक्त कार्यक्रम गरीएको बिद्यालयले बताएको छ । बिद्यालयमा आयोजित उक्त कार्यक्रमले बिद्यार्थिहरुलाई कसरी राजनिति गर्ने राजनिति भनेको केहो प्रदेश सभा तथा प्रतिनिधि सभा भनेको केहो भन्ने कुरा बझेका छन ।