घोराही १४ मा वडाबाटै राष्ट्रिय परिचय पत्र बनाउन सुरु

दाङ ।  घोराही उपमहानगरपालिका वडा नम्बर १४ मा सोमबार देखी राष्ट्रिय परिचय पत्र बनाउने अभियान सुरु भएको छ ।

वडा कार्यालयबाटै राष्ट्रिय परिचय पत्र  बनाउने काम सुरु गरिएको वडा अध्यक्ष भानसिंह बुढाले जानकारी दिए । यसअघि राष्ट्रिय परिचय पत्र बनाउनका लागी जिल्ला प्रशासन कार्यालय  सम्म धाउनु पर्दा नागरिकले लामो लाइनको सास्ती झेल्नु परेको थियो ।

वडा कार्यालयबाटै राष्ट्रिय परिचय पत्र बनाउन सकिने भएपछि वडावासी खुशी भएका छन् । उनीहरूलाई हप्तासम्मको लाइनमा बसेर राष्ट्रिय परिचय पत्र बनाउनु पर्ने बाध्यताको अन्त्य भएपछि सहजताको महसुस गरेका हुन् । 

आजबाट सुरु भएको यो अभियान केही दिन सम्म मात्र जारी रहने भएकाले वडावासीलाई राष्ट्रिय परिचय पत्र बनाउनका लागि वडा कार्यालयमा आउन वडा अध्यक्ष बुढाले आग्रह गरे ।

प्रकाशित मिति : २०७९ भाद्र २० गते सोमवार
प्रतिक्रिया दिनुहोस