अन्तर विद्यालय स्तरीय तीज नृत्य प्रतियोगिता रमना पाठशालामा सम्पन्न

घोराहि । घोराही उपमहानगरपालिका –१२ रमनास्थित रमना पाठशालाले अन्तरविद्यालय स्तरिय खुल्ला तिज गित प्रतियोता सम्पन्न गरेको छ । “संस्कृतिको संरक्षण हाम्रो अभियान”भन्ने मुलनाराका साथ शनिबार एक भव्य कार्यक्रमको आयोजना गरि तीज नृत्य प्रतियोगिता सम्पन्न गरेको हो । घोराहीका विभिन्न विद्यालयबाट ७ वटा टिमको सहभागिता रहेको प्रतियोगिताको निरिक्षकमा एमआरडि डान्स सेन्टर घोराहीका प्रबन्ध निर्देशक धिरज देवकर र राष्ट्रिय दोहोरी गीत प्रतिष्ठान लुम्बिनी प्रदेशका कोषाध्यक्ष प्रेम प्रसाद शर्मा रहेका थिए ।

प्रतियोगितामा सभ्यता पाठशालाका कृष्टिना डाँगी, देवान्सी भण्डारी,जोनिसा बुढाथोकी, रिती पौडेल र आइसा डाँगीको समूह प्रथम, रमना पाठशालाको श्रीया भण्डारी, सविना रोका,आकृतीवली र सुमित्रा नेपालीको समूह द्धितीय, रमना पाठशालाकै तमन्ना पुन तृतीय र जनजागृती मा.वि. लमडरुवाकी रेखा बिष्टले सान्त्वना स्थान प्राप्त गरेका गरे भने विजेता सम्पूर्ण विद्यार्थीहरुलाई विद्यालयका अध्यक्ष टिकाराम खड्का, विशेष अतिथि तथा मा.वि. हापुर विजौरीका प्र.अ. श्री केशव रिजाल, विजौरी स्ववस्थ्य चौकी प्रमूख श्री तुल्सीराम गिरी तथा लमडरुवाका शिक्षक श्री बुद्धिराम शर्माले संयुक्त रुपमा टिका, प्रमाण पत्रतथानगद पुरस्कार वितरण गरेका थिए । प्रमूख अतिथिको आसनबाट बोल्दै वडा अध्यक्षश्री द्रोण बहादुर बहकरीले विद्यालय स्तरमा यस्ता सांस्कृतिक कार्यक्रमहरुले विशेष महत्व राख्ने कुरा बताउनु भएको थियो भने सोहीकार्यक्रममाविद्यालयका तेक्वान्डो प्रशिक्षकश्री विरेन्द्र डाँगीको निर्देशनमाविद्यालयका छात्रछात्राहरुले तेक्वान्डो कला समेत प्रदर्शन गरेकाथिए ।

साथै उक्तकार्यक्रममा निर्णायक द्धय धिरज देवकर र पे्रम प्रसादशर्माले पनिआ–आफ्नो कलाप्रदर्शन गर्नुभएको थियो भने अभिभावक श्री टिका बहादुर के.सी, संस्थापक श्री सपना बुढा, श्री बुद्धिरामशर्मा, श्री तुल्सीरामगिरी तथामा वि.हापुर विजौरीका प्र.अ. श्री केसव रिजालले समेत आ–आफ्नो मन्तव्य राखेका थिए । घोराही उपमहानगरपालिका वडा नम्बर १२ का वडा अध्यक्षश्री द्रोण बहादुर बहकरीकोे प्रमूख आतित्थ्यता तथा रमना पाठशालाका प्रिन्सिपल श्री राजु वि.क. को अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको सञ्चालन विद्यालयका शिक्षक नोहित बम रसाइली र मोहित मगरले संयुक्त रुपमा गरेका थिए भने विद्यालयका प्रबन्ध निर्देशक श्री विष्णु हमालले स्वागत मन्तव्य राखेका थिए ।

प्रकाशित मिति : २०७९ भाद्र १२ गते आइतवार
प्रतिक्रिया दिनुहोस