तुलसीपुर होटल व्यवसायी समितिका नयाँ कार्यसमिती लिए सपथ

दाङ ।  तुलसीपुर होटल व्यवसायी समितिका नयाँ कार्यसमितिले पद तथा गोपनीयताको शपथ लिएका छन् । आइतबार निर्वाचन समितिका संयोजक रविन्द्र धितालको अध्यक्षतामा भएको कार्यक्रममा उनीहरूले शपथ लिएका थिए ।
यस्तै  नयाँ कार्यसमितिलाई प्रमाण पत्र वितरण तथा पद हस्तान्तरण समेत गरिएको थियो ।  

शनिबार तुलसीपुरमा भएको समितिको ८ औँ  साधारण सभा तथा पाँचौ अधिवेशनबाट इन्द्र बहादुर बस्नेतको अध्यक्षतामा नयाँ कार्यसमिति सर्व सहमतिमा चयन भएको थियो ।   कार्यक्रममा बोल्दै निवर्तमान अध्यक्ष टेकराम खड्काले आफूले अहिलेसम्म व्यवसायीहरूको हकहितका लागि सक्दो काम गर्दै आएको भन्दै नयाँ कार्यसमितिलाई पनि राम्रो काम गर्न आग्रह गरेका थिए ।

यस्तै कार्यक्रममा बोल्दै नवनिर्वाचित अध्यक्ष बस्नेतले  संस्थाप्रति कटिवद्ध भएर लाग्नको लागि शपथ लिएको भन्दै आफूहरूको कार्यकालसम्म कसैसँग मनमुटाव नराखेर काम गर्ने बताए । उनले कुनै पनि कामहरू गर्दा संस्थाका सल्लाहाकारसँग समन्वय गरेर मात्र काम गर्ने र संस्थाको हितमा मात्र आफ्नो टिम  लाग्ने पनि बताए ।

कार्यक्रममा संस्थाका निवर्तमान कोषाध्यक्ष चूर्ण बहादुर वली लगायतले नवनिर्वाचित टिमलाई शुभकामना दिएका थिए ।  जसको उपाध्यक्षमा दोर्ण आचार्य,  सचिवमा तुफान केसी, सह सचिव सञ्जय न्यौपाने,  कोषाध्यक्ष दिल बहादुर भण्डारी रहेका छन् । यस्तै सदस्यहरूमा  अम्मर खनाल, ललित पोख्रेल, भुपेन्द्र डाँगी, प्रवेश वली, विष्णु माया पोख्रेल, कमला सार्नु, रुबी महरा र  सुशील वली, वैकल्पिक सदस्य प्रभात भण्डारी रहेका छन् ।  

प्रकाशित मिति : २०७९ साउन १ गते आइतवार
प्रतिक्रिया दिनुहोस