एजेण्ड राख्ने विषयमा विवाद भएपनि एमाले कार्यकर्ताद्वारा नारावाजी

दाङ । दाङको तुलसीपुर स्थित निर्वाचन अधिकृतको कार्यालयमा केही समय एमाले कार्यकर्ताले नारावाजी लगाएका छन् । मतगणनाकालागि ऐजण्ड राख्ने विषयमा विवाद भएपनि एमाले कार्यकर्ताले नारावाजी लगाएका हुन् ।

बुधबार साढे ४ बजेतिर कार्यकर्ताले निर्वाचन अधिकृतको कार्यालय विरुद्ध नारावाजी लगाएका हुन् । गठबन्धनले उम्मेदवारले पाँच जना उम्मेदवारका एजेण्ट लिन पाउने तर, एमालेले एउटा मात्रै एजेण्ड लिन पाउने भएपनि यसको विरोध जनाएका हुन् ।

एमालेले गठबन्धनले पनि एउटा मात्रै एजेण्ट लिनुपर्ने यदि पाँच जना लिए एमालेले पनि पाँचजना लिन पाउनु पर्ने माग राखेका थिए । तर, जति दल चुनाबमा सहभागि छन्, ति सबै दलले एजेण्ट लिनु पर्ने निर्वाचन अधिकृतको कार्यालय तुलसीपुरका निर्वाचन अधिकृत रामेश्वर अर्यालले बताए ।

केही समय नारावाजी भएपनि अहिले भने अबस्था सामान्य छ । अहिले मतगणना भइरहेको छ । अहिले चुनाबमा सहभागि सबै दलले एक÷एक जना एजेण्ट लगेका छन् ।

प्रकाशित मिति : २०७९ जेष्ठ ४ गते बुधवार
प्रतिक्रिया दिनुहोस