सिसा नेपाल दाङको आगामि कार्य योजना बिषयमा बैठक सम्पन्न

सिसा नेपाल दाङले कोभिड तेस्रो लहरलाई मध्यनजर गर्दै आगामि कार्ययोजना बिषयमा बैठक सम्पन्न गरेको छ । सिसा नेपालको नतृक्त्वमा जिल्ला प्रशासन कार्यालयमा बिभिन्न सरोकारवाला निकायको उपस्थितिमा बैठक सम्पन्न भएको हो । बैठकमा सिसा नेपालले बिगत पहिलो र दोस्रो लहरको कोभिड महामारीमा गरेको कामको पनि समिक्षा गरेको थियो । सिसा नेपाल दाङकि अध्यक्ष साजिदा सिद्धिकिले बिगतमा गरेका कामका बारेमा प्रकाश पार्नुभएको थियो ।

बैठकमा उपस्थित सबैले कोभिड महामारी आउदै गर्दा कसरी काम गर्ने र कुन कामलाई प्राथमिकतामा राखेर गर्ने भन्ने बारेमा सल्लाह सुझाव दिएका थिय । बैठकले यातायात तथा सार्वजनिक स्थानमा मास्क बितरण तथा काउन्सिलिङ गर्ने निर्णय भएको छ । साथै कोभिड अस्पतालहरु संग काउन्सेलिङको बारेका छलफल गर्ने र संक्रमितहरुलाई काउन्सेलिङ गर्ने कामलाई संचालन गर्ने निर्णय समेत भएको सिसा नेपाल दाङकी अध्यक्ष साजिदा सिद्धिकिले जानकारी दिनुभएको हो । पछिल्लो समय जिल्लामा कोभिड संक्रमण दर पनि बड्दै गएको जिल्ला आपतकालिन कार्य संचालन केन्द्रले जनाएको छ ।

जसका कारण फेरी पनि कोभिड संग जुध्न फिल्डमा खटिनुपर्ने भएका कारण आफु र आफ्नो संस्था तयारीमा जुटेको अध्यक्षको सिद्धिकिको भनाईलाई उद्रित गर्दै कार्यालय सचिव सलिना न्यौपानेले जानकारी दिनुभयो । सिसा नेपाल दाङकि अध्यक्ष साजिदा सिद्धिकिको अध्यक्षता तथा जिल्ला प्रशासन कार्यालय दाङका प्रमुख तथा डिसिसिएमसिका संयोजक हिरालाल रेग्मिको प्रमुख आतिथ्यता, जिल्ला प्रहरी कार्यालय दाङका प्रम्रख एसपि सुरेस प्रसाद काफ्ले , अनुसन्धान प्रमुख अर्जुण भन्डारी , स्वास्थ्य कार्यालय दाङका फोकल पर्सन कमल चन्द , दाङ जिल्ला उद्योग बाँणिज्य संघका अध्यक्ष टंक बुढाथोकि र यातायात शाखा घोराहिका शाखा अधिकृत भुप बहादुर रावल लगाएतको उपस्थितिमा कार्यक्रम भएको थियो भने कार्यक्रमको सहजिकरण काउन्सेलर तथा कार्यालय सचिव सलिना न्यौपानेले गर्नु भएको थियो ।

प्रकाशित मिति : २०७८ माघ ९ गते आइतवार
प्रतिक्रिया दिनुहोस