२०८० असोज ७ गते आइतवार

चारलेन छिटो सक्न दुई उपमहानगरका मेयरलाई पहल गर्नुस्: राष्ट्रियसभा अध्यक्ष तिमिल्सिना

दाङ । राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिनाले महोत्सव लगाउँदा उद्योगी, व्यबसायीबीच एकता हुन आबश्यक रहेको बताएका छन् । तुलसीपुर चेम्बर अफ कमर्शको आयोजनामा आजदेखि तुलसीपुरमा सुरु भएको महोत्सवको उद्घाटन गर्दै यस्तो बताए । ‘खास व्यबसायीहरुले लगाउने महोत्सवमा व्यबसायीहरुबीच एकता हुनुपथ्र्याे, आजको यो महोत्सवमा उद्योग बाणिज्य संघले शुभकामना दिनुपथ्र्याे’, उनले भने ‘तर, यहाँ एकले अर्काको खुट्टा तान्ने प्रबृति भयो, यसले व्यबसायीहरुलाई नै घाटा हुन्छ ।’

मेला महोत्सवबाट मुलुकभन्दा बाहिर पैसा जाने गरेको भन्दै अब त्यसलाई अन्त्य गरि नेपालमै राख्ने अबस्थाको सिर्जना गर्नुपर्ने समेत बताए । उनले बरु महोत्सवको माध्यामबाट बाहिरीदेशबाट नेपालमा पैसा भित्रिने अबस्थाको सिर्जना गर्नुपर्ने बताए । साथै उनले दाङ थारु समुदायको बाहुल्यता भएको जिल्ला भएको भन्दै थारु संस्कार र संस्कृतिलाई संरक्षणमा ध्यान दिनुपर्ने समेत बताए । ‘दाङमा थारु संग्राहलय पनि बनेको छ, यो संग्राहलय विदेशी डलर कमाउने माध्याम नबनोस्’, उनले भने ‘यसले यहाँको थारु संस्कार, संस्कृति संरक्षणमा टेवा पुगोस् ।’

अहिले हरेक सामाजिक संघसंस्थाहरुमा पनि राजनीतिक देखा पर्ने भन्दै यसले बिकृति समेत मौलाएको उनको भनाई थियो । उनले भाषणभन्दा पनि काममा ध्यान दिन नेताहरुलाई आग्रह गरे । ‘राजनीतिमा ईमान भएन भने त्यसको कुनै काम हुँदैन, हामीले जे बोल्छौं, त्यो गर्नुपर्छ’, उनले भने ‘त्यो गरेमा मात्रै जनताले स्वीकार गर्छन् ।’

साथै अध्यक्ष तिमिल्सिनाले चारलेन निर्माणको काम छिटो पूरा गर्नकलागि घोराही र तुलसीपुरका मेयरलाई अनुरोध समेत गरेका छन् । महोत्सवमा राष्ट्रियसभा सदस्य जगप्रसाद शर्मा‘अपार’ले मेला महोत्सव लगाउँदा सबैको सहकार्यको आबश्यक रहने बताएका थिए । ‘महोत्सवलाई सबैले साथ, सहयोग र प्रोत्साहन दिनुपर्ने संस्कारको विकास हुनुपर्छ’, उनले भने ‘यो कुनै व्यक्ती विशेषको जस र अपजसको कुरा होईन् ।’

महोत्सवमा करिब ५ करोड कारोवार गर्ने लक्ष्य लिईएको छ । पुस १२ गतेसम्म चल्ने महोत्सवमा तीनसय बढि स्टलहरु रहेका छन् ।

प्रकाशित मिति : २०७८ पुष १ गते बिहिवार
प्रतिक्रिया दिनुहोस