दाङको कोइलाबासमा बस दुर्घटना हुँदा २५ जना घाइते, एकजनाको अवस्था गम्भीर

दाङ । लमही कोइलाबास हुलाकी सडकमा बस दुर्घटना हँुदा २५ जना भन्दा बढि घाइते भएका छन् । घोराही उपमहानगरपालिका वडा नम्बर ९ कर्मट्वाबाट पिकनिक खान भनी हिडेका गढवा गाउँपालिका वडा नम्बर ८ कोइलाबास चारखम्बा नजिकै ना ४ ख ४३५९ नम्बरको बस अनियन्त्रित भइ दुर्घटना हुँदा बसमा सवार २५ जना भन्दा बढि यात्रु घाइते भएको र एकजनाको अवस्था गम्भीर रहेको इलाका प्रहरी कार्यालय गढवाले जनाएको छ ।

भैलो खेलेर संकलित रकमबाट घोराही उपमहानगरपालिका वडा नम्बर ९ कर्मट्वाबाट ४३ जनाको समुह कोइलाबास पिकनिक खान भनी हिडेको थियोे । घाइतेहरूको नाम ठेगान भने अझै खुल्न नसकेको प्रहरीको भनाइ छ ।

। घाइतेहरूको उद्दारमा इलाका प्रहरी कार्यालय गढवा, सशस्त्र प्रहरी बल बोर्डर आउट पोष्ट –वि.ओ.पी) कोइलाबास, सीमा प्रहरी चौकी कोइलाबास, गढवा गाउँपाफिका वडा नम्बर ५,६,८ का वडाध्यक्षहरू खटिएका छन्े छ । घाइतेहरूलाई उपचारको लागि लमही अस्पतालमा रिफर गरिए छ । बस चालक फरार रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०७८ कार्तिक २१ गते आइतवार
प्रतिक्रिया दिनुहोस