सभामुख सापकोटाविरुद्ध मुद्दाको सुनुवाइ नहुने

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाविरुद्ध परेको फौजदारी अभियोयगसम्बन्धी द्वन्द्वकालीन मुद्दा आज पनि संवैधानिक इजलासमा हेर्न नमिल्ने भनेर पन्छाइएको छ । बुधबार संवैधानिक इजलासमा पेसीमा चढेको मुद्दा हेर्न नमिल्ने हुँदै सरेको हो।
प्रधानन्यायाधीश चालेन्द्रशम्शेर जबरा, न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडाको संवैधानिक इजलासमा पेशी चढेको थियो । तर, हेर्न नमिल्नेमा परेको हो । करिब १० वर्षदेखि सर्वोच्च अदालतमा विचराधिन उक्त मुद्दा हालसम्म २० पटक पेसीमा तोकिए पनि अन्तिम सुनुवाइ हुन सकेको छैन ।
अर्जुनकी श्रीमती पुर्णिमाया लामाले २०६९ मंसिर ७ गते सापकोटाविरुद्ध कर्तव्य ज्यान मुद्दामा सर्वोच्चमा रिट निवेदन दायर गरेकी थिइन् । उक्त रिट अन्तिम फैसलाका लागि संवैधानिक इजलासमा करिब १० वर्ष देखि विचाराधीन रहेको छ।
प्रकाशित मिति : २०७८ भाद्र १६ गते बुधवार
प्रतिक्रिया दिनुहोस