राप्ती राजमार्गमा पहिरो, दुईवटा गाडीमा क्षति

दाङ । अविरल वर्षापछि आएको पहिरोले राप्ती राजमार्ग अन्तर्गत दाङ सल्यान सडकखण्ड अवरुद्ध भएको छ । दुई गाडीमा क्षति पुगेको छ । राप्ती राजमार्ग अन्तर्गत दाङ सल्यान सडकखण्डको कपुरकोट गाउँपालिका ३, बसारे नजिकै आएको पहिराले दुई गाडीमा क्षति पु¥याएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

पहिरोले त्रिवेणी गाउँपालिकाको रा १ ज १६२ न एम्बुलेन्स र ना १ ख ८७८६ नंं को टिप्परमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक रामप्रसाद श्रेष्ठले जानकारी दिए । मंगलबार गएको पहिरोभन्दा करिब ५०० मिटर पर आएको अर्काे पहिरोले गाडीमा क्षति पु¥याएको उनले जानकारी दिए ।

अविरल वर्षाका कारण राप्ती राजमार्ग दुई दिनदेखि अवरुद्ध भएको छ । सडक अवरुद्ध हुँदा बाटोमा रोकिराखेको अवस्थामा सडक माथिबाट ठूलो पहिरो आउँदा टिप्पर आधा पुरिएको छ भने एम्बुलेन्सको सिसा फुटेको छ । पानी निरन्तर परिरहँदा सडक खुलाउन समस्या भएको उनले बताए । मेसिन लगाएर सडक खुलाउने प्रयास भइरहे पनि पहिरो खसिरहेकाले समस्या भएको श्रेष्ठले बताए ।

प्रकाशित मिति : २०७८ असार ३ गते बिहिवार
प्रतिक्रिया दिनुहोस