भरुवा भन्दुकसहित ३ जना पक्राउ

दाङ । दाङमा भरुवा भन्दुकसहित ३ जना पक्राउ परेका छन् । घोराही उपमहानगरपालिका वडा नम्बर १३ चंखेलीबाट एक थान भरुवा बन्दुक र ४ बन्दुक नालसहित ३ जना पक्राउ परेको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा चंखेली बस्ने ६५ वर्षीय मोहनबहादुर नेपाली सोही ठाउँ बस्ने ३६ वर्षीय मानबहादुर नेपाली र वडा नम्बर १२ गुर्जे बस्ने ब ६२ वर्षीय रणबहादुर बिष्ट रहेको लम्बिनी प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

उनीहरुलाई मंगलबार साँझ गोप्य सूचनाका आधारमा ८ बजे पक्राउ गरिएको र थप अनुसन्धान भइरहेको जनाइएको छ ।

प्रकाशित मिति : २०७७ चैत्र १८ गते बुधवार
प्रतिक्रिया दिनुहोस