तोडफोड भएको शिलालेखमा ‘नयाँ शिलालेख राखियो’
दाङ, दाङमा प्रधानमन्त्री केपी शर्मा ओलीले माघ १२ गते नेपालको दोस्रो लामो पुल उद्घाटन गरेको थिए । तर केही दिनपछि तोडफोड भएको शिलालेखको ठाउँमा नयाँ शिलालेख राखिएको छ । पहिले शिलालेखमा ‘सिसहनियाँ राप्ती पुल’ नाम राखिएको थियो भन्ने अहिले नयाँ शिलालेखमा ‘महदेवा सिसहनियाँ राप्ती पुल’को नाम राखिएको छ ।
गढवा गाउँपालिकाको महदेव क्षेत्रमा रहेकाले पुलको नाममा महदेवा नराखिएको भन्दैे विरोध गरेका थियो । यो शिलालेख तोडफोडमा स्थानीयहरुको असन्तुष्टि बीच तत्कालीन नेकपाभित्रको अन्तरविरोधले काम गरेको दावी गरिएको छ । तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले २०७३ मंसिर २२ गते पुल शिलान्यास गरेका थिए ।
करिब एक अर्ब रुपैयाँ लागतको यो पुल चार वर्षभित्र बनाइसक्ने सम्झौता भएको थियो । पुल पूर्वनिर्धारित समयभन्दा चार महिना अगाभै निर्माण सम्पन्न गरेको थियो । यो पुलको लम्बाइ ८६० मिटर र चौडाइ साढे १० मिटर रहेको छ ।